जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • एनसेलको ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजनामा ३ जनाले पाए स्कुटर

एनसेलको ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजनामा ३ जनाले पाए स्कुटर

एनसेल आजियाटा लिमिटेडले ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजना अन्तर्गत तीन जना ग्राहकलाई बम्पर पुरस्कारमा स्कुटर प्रदान गरेको छ ।

पुरस्कार जित्न सफल ७ जना ग्राहकहरु मध्ये मंगलबार तीन जना ग्राहकलाई छुट्टाछुट्टै कार्यक्रममा विराटनगर, धनगढी र हेटौंडामा स्कुटर हस्तान्तरण गरिएको हो ।

विराटनगरस्थित एनसेल सेन्टरमा अभिनेत्री प्रियंका कार्कीले सुनसरीका रोहन शर्मालाई बम्पर पुरस्कार हस्तान्तरण गरेकी छन् ।

त्यस्तै मंगलबारनै धनगढीस्थित एनसेल सेन्टरमा अभिनेत्री केकी अधिकारीले गोमा कुमारी खराललाई बम्पर पुरस्कार हस्तान्तरण गरेकी हुन् ।

त्यसैगरी, एनसेल सेन्टर हेटौंडामा एनसेलका प्रोडक्टस् डाईरेक्टर विशाल नेगीले चितवनकी रिना ढकाललाई पनि बम्पर पुरस्कार हस्तान्तरण गरेका छन् ।

उक्त योजना १८औं वार्षिकोत्सवको अवसरमा ‘हामी तपाईंकै लागि’ अन्तर्गत सञ्चालन गरिएका पहलहरूमध्ये एक भएको कम्पनीले बताएको छ ।
गत भदौ ३१ देखि २८ दिनसम्म सञ्चालनमा रहेको उक्त योजनामा प्रत्येक ग्राहकलाई दैनिक स्योर प्राइज प्रदान गरिएको थियो ।साथै सोही योजना अन्तरगत एनसेल सम्बन्धी उत्कृष्ट नारा पठाउने १ हजार ग्राहकहरुलाई हरेक हप्ता १०० रुपैयाँ बोनस ब्यालेन्स प्रदान गरिएको थियो ।

उक्त योजना अन्तरगत दैनिक रुपमा ग्राहकहरुलाई प्रदान गरिएको स्योर प्राइजहरुमा डिजिटल सेवाहरू, ब्यालेन्स, डाटा, टक टाइम र एसएमएसहरु रहेको कम्पनीले बताएको छ ।

685
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?