जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • सिभिल बैंक झनै चम्किँदै, नाफा र ईपीएस दुवै बढ्दा अन्य सूचक कस्ता छन् ?

सिभिल बैंक झनै चम्किँदै, नाफा र ईपीएस दुवै बढ्दा अन्य सूचक कस्ता छन् ?

हिमालयन बैंकसँग गाभिन लागेको सिभिल बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा २६.३९ प्रतिशत बढेर ६३ करोड ७० लाख रुपैयाँ आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ५० करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५३.९० प्रतिशत बढेर २ अर्ब २५ करोड रुपैयाँ, कुल सञ्चालन आम्दानी ३७.४२ प्रतिशत बढेर २ अर्ब ५२ करोड ५२ लाख रुपैयाँ, सञ्चालन मुनाफा २८.५० प्रतिशत बढेर ९४ करोड ९ लाख रुपैयाँ र वितरणयोग्य मुनाफा २५ करोड २२ लाख रुपैयाँ रहेको छ ।

चलु आर्थिक वर्षको ६ महिनामा बैंकको चुक्ता पूँजी ९ अर्ब ७ करोड ५८ लाख रुपैयाँ, जगेडा कोष २४.१५ प्रतिशत बढेर ३ अर्ब २६ करोड रुपैयाँ, निक्षेप ०.२३ प्रतिशत बढेर ९४ अर्ब ७१ करोड रुपैयाँ र कर्जा १.२७ प्रतिशत बढेर ८४ अर्ब ८ करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ३८ पैसा बढेर १४ रुपैयाँ ४ पैसा पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ४ पैसा रहेको थियो । बैंकको मूल्य आम्दानी अनुपात १६.६७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ९६ पैसा रहेको छ ।

पुस मसान्तसम्ममा बैंकको खराब कर्जा १.४७ प्रतिशत बढेर २.४१ प्रतिशत पुगेको छ । बैंकको कस्ट अफ फण्ड ९.४९ प्रतिशत, आधार दर ११.७३ प्रतिशत, इन्ट्रेस्ट रेट स्प्रेड ४ प्रतिशत र सीडी रेसियो ८७.०५ प्रतिशत रहेको छ ।

हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार माघको १८ गते गर्ने तयारी रहेको छ । दुवै बैंकको पुस २८ गतेको वार्षिक साधारणसभा मर्जर प्रस्ताव पारित गरिसकेको छ ।

हिमालयन बैंक र सिभिल बैंकबीच गत असार २९ गते प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । हिमालयन बैंक र सिभिल बैंक १००ः८०.२८ को स्वाप रेसिया अनुपातमा मर्ज हुने भएका हुन् । अर्थात् सिभिल बैंकको १०० कित्ता सेयर हुने सेयरधनीले हिमालयन बैंकमा ८०।२८ कित्ता सेयर हुनेछ ।

1325
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?