जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बैंकका सीइओहरुको डरलाग्दो कमाई ?

बैंकका सीइओहरुको डरलाग्दो कमाई ?

भूपेन्द्र आचार्य । एउटा व्यक्तिले आफ्नै गरिब देश नेपालमै बसी मासिक २२ लाख तलब खान्छ भन्दा अचम्म लाग्ला तर यो सत्य हो । अमेरिका, क्यानडा लगायत यूरोपका देशमा उच्च पदमा जागिर खाने नेपालीहरुको भन्दा नेपालका १० वाणिज्य बैंकका दश सीइओहरुको तलब बढी छ भन्दा पत्याउन गाह्रो लाग्ला तर यो पनि सत्य हो ।
नेपालका ठूला नेपाल इन्भेष्टमेण्ट बैंक, नबिल बैंक देखि कान्छो नयाँ बैंक सीभिल बैंकका सीइओहरुले मासिक बढि २२ लाख देखि १२ लाखसम्म मासिक तलब लिएको खुलेको छ ।

८ अर्ब चुक्ता पूँजी भएका २८ वाणिज्य बैंकका सीइओहरु मध्ये ३ वटा सरकारी बैंकका सीइओहरुको तलब ४ लाख माथी छैन । तर अरु सबै प्राइभेट बैंकका सीइओहरुको तलब ६ लाख ५० हजार देखि २२ लाखसम्म रहेको राष्ट्र बैंक स्रोतको दाबी छ । नेपालको पुरानो करिब १२ अर्ब चुक्ता पुँजी भएको नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेको मासिक तलब २२ लाख ९१ हजार ६६ रुपैयाँ रहेको देखिन्छ । नेपाल इन्भेष्टमेण्ट बैंक आफैले गत आर्थिक वर्षको वित्तिय विवरणमा उल्लेख गरे अनुसार सीइओ पाण्डेले १ करोड ४ लाख ७६ हजार तलब , १ करोड ३० लाख २५ हजार रुपैया भत्ता, १९ लाख ५९ हजार रुपैया दशैं भत्ता र १० लाख ४८ हजार रुपैया सञ्चयकोष गरि बैंकबाट २ करोड ६५ लाख १० हजार लिएको देखिन्छ ।

नेपालका २८ वाणिज्य बैंकहरु मध्ये सबैभन्दा बढि तलब भत्ता लिने नम्बर १ सीइओ बनेका छन् ज्योति प्रकाश पाण्डे । विश्वव्यापीरुपमा सञ्चालनमा आएको नेपालका् बैंक स्टेण्डर चार्टड बैंक नेपाल लिमिटेडका सीइओ जोसेफ सिल्भानस दोस्रो बढि तलब लिने सीइओहरुको सुचिमा छन् । उनीले नेपाली भूमिमा जागिर खाई मासिक २० लाख ९६ हजार २ सय ५० रुपैयाँ तलब लिएको बैंकद्वारा प्रकाशित गत आर्थिक वर्षको वित्तिय विवरणमा उल्लेख गरिएको छ । उनीले वार्षिकरुपमा २ करोड ५१ लाख ५५ हजार रुपैयाँ स्टेण्डर चार्टड बैंक नेपाल लिमिटेडबाट बुझेका छन् । उनी नेपालकै वाणिज्य बैंकहरुमा दोस्रो बढी तलब खाने सीइओ बनेका छन् ।

नेपालकै पूरानो सबैभन्दा बढि नाफा कमाउन सफल बैंक नबिल बैंकका सीइओ अनिल शाहले मासिकरुपमा १७ लाख २५ हजार ५० रुपैयाँ तलब बुझेका छन् । तलब भत्ता र अन्य सुविधा गरि नबिल बैंकका सीइओले वार्षिकरुपमा २ करोड ७ लाख रुपैयाँ नबिल बैंकबाट बुझेका छन् । चौथो महंगो तलब दिने बैंक हो चन्द्र ढकाल अध्यक्ष रहेको ग्लोबल आईएमई बैंक यस बैंकका सीइओ जनक शर्मा पौडेलले मासिकरुपमा १६ लाख ४१ हजार ८३ रुपैयाँ जनताको डिपोजिटबाट तलब दिएको देखिन्छ । बैंक बीचमै छोडेका तत्कालीन सीइओ पौडेलले तलब भत्ता गरी वार्षिक रुपमा १ करोड ९६ लाख ९३ हजार रुपैयाँ ग्लोबल आइएमई बैंकबाट दिएको बैंकद्वारा सार्जजनिक गरेको गतवर्षको वार्षिक वित्तिय विवरणमा उल्लेख गरिएको छ ।

पाँचौ बढी तलब खाने सीइओ नाम हो ज्ञानेन्द्र प्रसाद ढुंगाना हुन् । उनी नेपाल बैंकर्स एशोसियशन संघका अध्यक्ष पनि हँु । उनीले नेपाल बंगलादेश बैंकबाट मासिकरुपमा १५ लाख २९ हजार ८ सय ३३ रुपैया तलब दिएको भेटिएको छ । लगातार तेश्रो कार्यकाल एनबी बैंकको सीइओमा काम गरिरहेका ज्ञानेन्द्र प्रसाद ढुंगानाले वार्षिकरुपमा १ करोड ८३ लाख ५८ हजार रुपैया एनबी बैंकबाट लिएको गतवर्षको बैंकद्वारा सार्वजनिक गरिएको वित्तिय विवरणमा उल्लेख गरिएको छ ।

नेपालकै वाणिज्य बैंकहरुमा छैठौं बढि तलब लिनेको सूचिमा छन् । जीवा लामिछाने अध्यक्ष रहेको बैंक सानिमा बैंक लिमिटेडका सीइओ भुवन कुमार दाहाल । उनीले मासिकरुपमा १४ लाख ५० हजार तलब लिएको देखिन्छ । बैंकलाई राम्रो नाफा दिएका सीइओ दाहाल भने शाखा सञ्जालमा चुकेका छन् । उनीले वार्षिकरुपमा सानिमा बैक लिमिटेडबाट १ करोड ७४ लाख रुपैया लिएको बैंकद्वारा प्रकाशित वित्तिय विवरणमा उल्लेख गरिएको छ ।

२८ वाणिज्य बैंकहरु मध्ये प्रभू बैंक लिमिटेडका सीइओ अशोक शेरचन सातो महंगो सीइओको सूचिमा छन् । प्रभु बैंकलाई पछिल्लो समय आक्रमकरुपमा हाँक्दै आएका र खराब कर्जा उठाएर नाफा बढाई अर्बपति क्लबमा पु¥याउन सफल बैंकर अशोक शेरचनले मासिकरुपमा १३ लाख ९६ हजार ७ सय ५० रुपैया तलब दिएको देखिन्छ । उनीले प्रभु बैंकबाट वार्षिकरुपमा १ करोड ६७ लाख ६१ हजार रुपैया तलब र भत्ता वापत लिएको बैंकद्वारा प्रकाशित गतवर्षको वित्रिय विवरणमा उल्लेख गरिएको छ । नेपालकै कान्छो बैंक सीभिल कैंकका सीइओ गोविन्द गुरुङ आठौं बढी तलब लिने सीइओको सूचिमा छन् । पछिल्लो समय सीभिल बैंकलाई आक्रमकरुपमा हाँकीरहेको गोविन्द गुरुङले मासिकरुपमा १३ लाख ८३ हजार ३ सय ३३ रुपैया तलब दिएको भेटिएको छ ।

बैंकको खराब कर्जा घटाउन सफल बैंकरको रुपमा परिचय बनाएका गुरुङले सीभिल बैंकबाट वार्षिकरुपमा १ करोड ६६ लाख रुपैया लिएको बैंकद्वारा प्रकाशित गत वर्षको वित्तिय विवरणमा उल्लेख गरिएको छ । नवौं महंगो सीइओका रुपमा विदेशबाट कर्जा ल्याउने एकमात्र बैंक एनएमबी बैंकका सीइओ सुनिल केसी छन् । एनएमबी बैंकलाई सबल र सक्षम बैंक बनाएर टप १० बैंक भित्र राख्न सफल बैंकर केसीले मासिक रुपमा १२ लाख ९६ हजार रुपैया तलब लिएको भेटिएको छ ।
चर्चित बैंकर उपेन्द्र पोड्यालको दोस्रो मेन भएर लामो समय एनएमबि बैंकमा काम गरेर सीइओ बनेका थिए ।

नेपालकै पुरानो र चर्चित बैंक हिमालयन बैंकका सीइओ अशोक सम्शेर राणा १० औं महंगा सीइओकारुपमा नाम लेखाउन सफल भएका छन् । हिमालयन बैंकलाई नाफा उच्च बनाउन सफल बैंकरका रुपमा परिचय बनाएका सीइओ राणाले मासिक १२ लाख ९८ हजार ८३ रुपैया तलब लिने गरेको देखिन्छ ।

पछिल्लो समय शाखा सञ्जाल र व्यावसाय विस्तारमा आक्रमकरुपमा अगाडी आएको हिमालयन बैंकका सीइओ राणाले वार्षिकरुपमा १ करोड ५५ लाख ७७ हजार तलब भत्ता लिएको बैंकद्वारा प्रकाशित गतवर्षको वित्तिय विवरणमा उल्लेख गरिएको छ । राजतिलक साप्ताहिक

7955
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?