जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • कुमारी बैंकका ५ शाखाहरुको ई–उद्घाटन

कुमारी बैंकका ५ शाखाहरुको ई–उद्घाटन

कुमारी बैंक लिमिटेडले काठमाडांै उपत्यका बाहिर आफ्ना पाँच नयाँ शाखाहरुको ई–उद्घाटन समारोह सम्पन्न गरेको छ । सो उद्घाटन समारोह बैंकका संचालक समितिका अध्यक्ष अमिर प्रताप ज. ब. राणाले बैंकका संचालक समिति, प्रमुख कार्यकारी अधिकृत लगायत अन्य कर्मचारीको उपस्थितिमा, मोबाईल–प्रविधिबाट ई–उद्घाटन मार्फत सम्पन्न गर्नुभयो ।

बैंकले महोत्तरीको बर्दिबास, सर्लाहीको बरथहवा, बर्दियाको ठाकुरबाबा, कपिलवस्तुको जितपुर र पोखराको लेकसाईड गरेर आफ्ना ५ नयाँ शाखाहरु विस्तार गरेको हो । उक्त शाखाहरुको भौतिक उद्घाटन सम्बन्धित ठाँउबाट भए तापनि मोबाईल प्रविधिबाट विद्युतिय उद्घाटन चाहिँ बैंकको केन्द्रिय कार्यलयबाटै सम्पन्न भएको हो ।

उक्त उन्नत प्रविधि मार्फत सम्पन्न समारोह नेपाली बैंकिङ्ग क्षेत्रकै लागी नवीन शैलीमा गरिएको उद्घाटनको एक उदाहरण हो । जसपश्चात, कुमारी बैंक समसामयिक प्रविधिको द्रुत अनुकरण गर्न सफल बैंकको रूपमा दर्र्शीएको छ । उक्त शाखा विस्तार पश्चात् कुमारी बैंकको कूल शाखा संजाल संख्या ९८ पुगेको छ ।

विगत १८ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदँै आएको कुमारी बैंकले, आफ्ना देशभर रहेका ९८ शाखा संजाल, ८४ एटिएम्, ३ एक्सटेन्सन काउन्टर तथा ३ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु आगामी दिनहरुमा पनि पु¥याउँदै जाने प्रतिबद्धता जनाएको छ ।

5880
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका