जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • नेपाल इन्स्योरेन्सका अध्यक्ष सहित सञ्चालकहरूको पदावधि थप

नेपाल इन्स्योरेन्सका अध्यक्ष सहित सञ्चालकहरूको पदावधि थप

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको वैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्ष सहित सञ्चालकहरूको पदावधि थप गर्ने निर्णय गरेको छ।

कम्पनीको सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व भएका ३ जना सञ्चालकहरू अध्यक्ष चन्द्र सिंह साउद, नन्द किशोर शर्मा र होम बहादुर खड्का तथा सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकहरू सबिता श्रेष्ठ जोशी र सजल मास्केको कार्यकाल यही जेठ २९ गतेसम्म मात्रै रहेको थियो।

बैठकले आगामी साधारणसभा नभएसम्मका लागि हाल बहालमा रहेका सञ्चालकहरूलाई जेठ ३० गतेबाट लागू हुने गरी सञ्चालक पदमा निरन्तरता दिने गरी पदावधि थप गर्ने र हाल कायम रहेको सञ्चालक समितिको संरचना बमोजिम चन्द्र सिंह साउदलाई अध्यक्षमा निरन्तरता दिने निर्णय गरेको हो।

590
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका