जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • राष्ट्र बैंकमा ३० वर्षे अवकासको व्यवस्था हट्ने

राष्ट्र बैंकमा ३० वर्षे अवकासको व्यवस्था हट्ने

नेपाल राष्ट्र बैंकका कर्मचारी अवकासको व्यवस्था परिवर्तन हुने भएको छ । निजामति कर्मचारीको उमेरहद थपिएर ६० वर्षे भएमा राष्ट्र बैंकका कर्मचारीको पनि थप हुने राष्ट्र बैंकका डेपूटी गर्भनर चिन्तामणी शिवाकोटीले क्लिकमाण्डुलाई बताए ।

‘संघीय संसदबाट ऐन पास भएर निजामति कर्मचारीमा लागु भएपछि राष्ट्र बैंकका कर्मचारीमा पनि त्यो व्यवस्था लागु हुन सक्छ,’ उनले भने ‘हामी पनि त्यही अनुसारको कर्मचारी विनियामावली संशोधन गछौँ ।’ अब राष्ट्र बैंकमा पनि कर्मचारीको उमेरहद थप गर्ने विषयमा छलफल शुरु गरिने डेपूटी गर्भनर शिवाकोटीले जानकारी दिए ।

गतसाता संसदको राज्य व्यवस्था तथा सुसाशन समितिले निजामति कर्मचारीको उमेर हद ५८ वर्षबाट बढाएर ६० वर्ष पुर्याउने सहमति गरेको छ । समितिले संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल गरि सेवा थप गर्ने प्रस्ताव पारित गरि प्रतिनिधि सभामा पठाएको हो । संसदबाट पारिद भएर आएपछि निजामति कर्मचारीको ६० वर्षे उमेरहद लागु हुनेछ ।

राष्ट्र बैंकमा विगतका वर्षहरुमा कर्मचारीको सेवा अवधि र उमेरहद विषयमा चर्को बिवाद रहेको छ । राष्ट्र बैंकमा अहिले दोहोरो अवकासको व्यवस्था छ । राष्ट्र बैंकको कर्मचारी सेवा प्रवेश गरेको ३० वर्ष वा ५८ वर्षमा जुन पहिले हुन्छ त्यो अनुसार अवकास हुने व्यवस्था रहेको छ । राष्ट्र बैंकमा नयाँ र पुराना कर्मचारीबीच यही विषयमा सधै विवाद हुने गरेको छ ।

एउटै व्यक्ति २ वर्ष अगाडिसम्म ३० वर्षको पक्षमा हुन्छ भने आफु अवकासमा जाने समय नजिक आएपछि ३० वर्षको विरोधमा लागेको हुन्छ ।
राष्ट्र बैंकमा नयाँ र पुराना कर्मचारीबीच ३० वर्षे र ५८ वर्षेको विवाद रहदै आएको छ । राष्ट्र बैंकले एक वर्ष अगाडि कर्मचारी अवकासको व्यवस्था ३० वर्षलाई हटाएर ५८ वर्ष पुगेपछि लागु गर्न खोजेको थियो । संचालक समितिले निर्णय गरेर लोकसेवा आयोगसँग राय मागेको थियो । लोकसेवाले निजामति कर्मचारी ऐन संसोधनको क्रममा रहेको र संसोधन अनुसार गर्नु भन्ने राय दिएको थियो ।

त्यसको विरोधमा ३० वर्षे सेवाअवधिको कारण अवकाशमा जान लागेका कर्मचारीहरु सर्बोच्च अदालत गएका थिए । सर्बोच्च अदालतले कर्मचारीको सेवाअवधिको विषयमा निर्णय गर्न राष्ट्र बैंक स्वायत्त रहेको फैसला सुनाएको थियो ।

राष्ट्र बैंकले वित्तीय क्षेत्र सुधार कार्यक्रम अन्तर्गत पुराना कर्मचारी हटाउनको लागि ३० वर्षे काम गरेपछि अवकासमा जानुपर्ने व्यवस्था ल्याएको थियो । त्यो बेला सो निर्णय ठिक भएपनि अहिले ५५ वर्षको उमेरमा नै ३० वर्षे हदबन्दीको कारण राष्ट्र बैंकले दक्ष जनशक्ति गुमाएको छ ।

निजामति ऐनको संसोधन विधेयकमा कर्मचारी अवकासको व्यवस्था ५८ बाट बढाएर ६० पुर्याएको हुँदा सो व्यवस्था परिवर्तन गर्नुपर्ने माग राष्ट्र बैंकमा उठेको छ । सर्बोच्चले पनि कर्मचारी अवकासको व्यवस्था कस्तो लागु गर्ने सो लागि राष्ट्र बैंक स्वायत्त रहेको फैसला सुनाएको थियो ।

संसदको राज्य व्यवस्था तथा सुसाशन समितिले नेपालीहरुको औषत आयू थप भएको हुदाँ कर्मचारीहरुले राज्यलाई दिने उमेरहद थप गरिनु पर्ने निर्णाय गरि सो प्रस्ताव पारित गरि संद्यीय संसदमा गतसाता नै पठाएको छ । संसदले निजामति कर्मचारीको उमेर थप पर्ने प्रस्तावलाई पारिद गरि सो व्यवस्था लागु भएमा राष्ट्र बैंकका कर्मचारीहरुको पनि उमेदहद थप हुने निश्चित छ ।

7410
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका