जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • सर्वोच्चले उल्ट्यायो राष्ट्र बैंकको निर्देशिका

समाचार

सर्वोच्चले उल्ट्यायो राष्ट्र बैंकको निर्देशिका

भन्यो-नारायणदास मानन्धरलाई काम गर्न दिनू

सर्वोच्चले उल्ट्यायो राष्ट्र बैंकको निर्देशिका

गत २० गते राष्ट्र बैंकले परिपत्र जारी गर्दै बैंकका सीइओ र सञ्चालकको उमेर हद तोकेपछि प्राइम बैंकका सीइओ मानन्धर पदमुक्त भएका थिए । राष्ट्र बैंकको उक्त निर्देशिका खारेजीको माग गर्दै मानन्धरले साउन २२ गते सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाको एकल इजालशले मानन्धरलाई काम गर्न दिनु भन्ने अन्तरिम आदेश दिएको हो । अदालतको आदेशसँगै अब मानन्धर प्राइम बैंकको सीइओ भएर काम गर्न पाउने भएका छन् ।

राष्ट्र बैंकले ल्याएको निर्देशिकामा बैंक तथा वित्तीय संस्थाको प्रमुख कर्यकारी अधिकृतको उमेर हद तोक्ने व्यवस्था राष्ट्र बैंक ऐन र बैंक तथा वित्तीय संस्था ऐन २०७३ मा नभएको हुँदा कानून विपरीत रोक लगाएको देखिएको सर्वोच्च अदालतको ठहर छ ।

सर्वोच्चले कानूनमा न्यूनतम उमेर हदमात्रै उल्लेख भएको हुँदा अधिक्तम उमेर सीमा तोक्ने राष्ट्र बैंकको व्यवस्था नेपालको संविधानको धारा १७ को २ को नेपाली नागरिकलाई पेशा रोजगार गर्ने संवैधानिक हकलाई कुण्ठित बनाएको उल्लेख गरेको छ ।

सर्वोच्च अदालतले राष्ट्र बैंकलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न समेत निर्देशन दिएको छ ।

सर्वोच्चले उल्ट्यायो राष्ट्र बैंकको निर्देशिका, हेर्नुहोस अन्तरिम आदेशको पाठ

8400
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका