जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नीरास जनतामा मौद्रिक नीतिले आशा जगाउनुपर्छ : पूर्व गभर्नर क्षेत्री

नीरास जनतामा मौद्रिक नीतिले आशा जगाउनुपर्छ : पूर्व गभर्नर क्षेत्री

अर्थविद् एवं नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षेत्रीले शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकारले सर्वस्वीकार्य बजेट ल्याउनुपर्ने बताउनुभएको छ । मिडिया इन्टरनेसनलले आयोजना गरेको ‘पुनरुत्थान र सवल अर्थतन्त्र’ विषयक भर्चुअल कार्यक्रममा पूर्व गभर्नर क्षेत्रीले केपी ओली नेतृत्वको सरकारले अध्यादेश मार्फत ल्याएको बजेट भएकाले अहिलेको सरकारले आफ्नो हिसावले बजेट ल्याउन सक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘देउवा सरकारले सर्वस्वीकार्य बजेट ल्याउनुपर्छ ।’ त्यसैगरी राष्ट्रिय गौरवका आयोजनाहरु विगत सातआठ वर्षदेखि सफल हुन नसकेको भन्दै यसलाई पनि अबको बजेटले समेटेर लैजानुपर्ने उहाँको भनाइ छ । केपी ओली सरकारले गत जेठ १५ गते अध्यादेशमार्फत ल्याएको १६ खर्ब ४७ अर्ब रुपैयाँको बजेटले चालु खर्च समेत धान्न सक्ने स्थिति नरहेको अर्थविद् क्षेत्रीले बताउनुभयो । बैंकसँग रहेको रकम सरकारले सापटी नलिएको भए नीजि क्षेत्रमा रकम जाने उहाँको भनाई छ । अहिले राजश्व नीति आयतमुखी रहेको भन्दै उहाँले बजेटले आयतका लागि प्रश्रय दिएको बताउनुभयो । उहाँले बजेटबाट नीरास भएका जनताको मौद्रिक नीतिप्रति आशा पलाएको बाउनुभयो ।

उहाँले नेपाल राष्ट्र बैंकले ल्याउन लागेको मौद्रिक नीतिले उपयुक्त किसिमका योजनाहरु ल्याउने अपेक्षा गर्नुभयो । कोभिडबाट उद्योग धन्दामा परेको असरलाई नयाँ मौद्रीक नीतिले समेट्नुपर्ने अर्थविद् क्षेत्रीको भनाइ छ । उहाँले अर्थमन्त्रालय, राष्ट्र बैंक र उद्योग व्यवसायीबीच ट्रान्सफोर्स बनाएर अगाडी बढ्न आवश्यक रहेको बताउनुभयो । मौद्रिक नीतिले मुद्रा स्फीतिलाई नियन्त्रण गर्नुपर्ने भन्दै मौद्रिक नीतिले तारतम्मे मिलाएर अगाडी बढ्न पनि उहाँले सुझाव दिनुभयो ।

5330
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका