जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • सूर्या लाइफ इन्स्योरेन्सद्धारा लाभांश घोषणा

सूर्या लाइफ इन्स्योरेन्सद्धारा लाभांश घोषणा

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको आधारमा ५ प्रतिशत बोनस सेयर र करसहित ५.५२६ प्रतिशत नगद लाभांश दिने भएको हो।

कम्पनीले उक्त लाभांश बीमा समितिबाट र आगामी साधारणसभाबाट पारित भएपछि वितरण गर्ने जनााएको छ। हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब १५ करोड ५१ लाख छ। कम्पनीले घोषणा गरेको १० करोड ७७ लाख ५६ हजार रुपैयाँ बोनस वितरण भएमा पुँजी २ अर्ब २६ करोड बढी पुग्नेछ।

कम्पनीले गत वर्ष २०७४/७५ को नाफाबाट १२ प्रतिशत बोनस सेयर र करका लागि ०.६३१६ प्रतिशत नगद लाभांश दिएको थियो। साथै कम्पनीले ७० प्रतिशत हकप्रद सेयरसमेत जारी गरेको थियो।

कम्पनीले चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो तीन महिनामा १० करोड १६ लाख १० हजार नाफा गरेको छ। कम्पनीको नाफा गत आवको सोही अवधिमा ७ करोड ८७ लाख थियो। गत आवको सोही अवधिमा ५७ करोड ९१ लाख रहेको कम्पनीको खुद बीमा शुल्क रकम यस अवधिमा बढेर ८३ करोड ६८ लाख पुगेको छ। जसले गर्दा कम्पनीको नाफा बढेको हो। यस अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १८.८६ रुपैया छ।

8775
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका