जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • सूर्य दर्शन सहकारीद्वारा १ अर्ब ११ करोड ठगीः संस्थापक अध्यक्ष जिवी राई सहित ३ जना बिरुद्ध रेड कर्नर नोटिस !

सूर्य दर्शन सहकारीद्वारा १ अर्ब ११ करोड ठगीः संस्थापक अध्यक्ष जिवी राई सहित ३ जना बिरुद्ध रेड कर्नर नोटिस !

जिवी राई संस्थापक अध्यक्ष रहेको सूर्य दर्शन सहकारीले सर्वसाधारण जनताको १ अर्ब भन्दा बढि रकम ठगी गरेर फरार भएपछि राई सहित ३ जना बिरुद्ध इन्टरपोलमा ‘रेड कर्नर’ नोटिस जारी गर्ने प्रक्रियामा नेपाल प्रहरी पुगेको भेटिएको छ ।
सूर्यदर्शन बचत तथा ऋण सहकारी पोखराको रकम हिनामिना गरेको अभियोगमा गितेन्द्रबाबु (जीबी) राईसहित तीनजना विरुद्ध इन्टरपोलमा रेड कर्नर नोटिस जारी गर्न प्रहरीले प्रक्रिया शुरु गरेको भेटिएको छ । डिफ्यूजन नोटिस जारी भएसँगैं अलि प्रभावकारी ढंगले खोजी गर्न प्रहरीले रेड कर्नर नोटिसको तयारी गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले पंक्तिकारसंग बताए ।

संस्थापक अध्यक्ष जीबी राईसहित वर्तमान अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भूपेन्द्र राईविरुद्ध ‘डिफ्यूजन नोटिस’ जारी भईसकेको छ । सहकारीको रकम ठगी फरार भएका उनीहरु विरुद्ध कास्की प्रहरीले डिफयूजन नोटिसको प्रक्रिया अघि बढाई दिन प्रहरी प्रधान कार्यालयलाई गत महिना पत्राचार गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहनकुमार थापाका अनुसार फरार भएका ३ जना विरुद्ध रेड कर्नर नोटिस नै जारी गर्नका लागि थप प्रक्रिया सुरु भएको बताए । उनले भने–‘डिफ्युजन नोटिस भन्दा रेड कर्नर नोटिस अझै सशक्त हुने हुँदा थप पत्राचार गरेर यसका लागि हामी अघि बढ्दैंछौं । अब छिट्टैं नैं रेड कर्नर नोटिस जारी हुनेछ ।’ संस्थापक अध्यक्ष जीबी राईसहित वर्तमान अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भूपेन्द्र राईविरुद्ध ‘डिफ्यूजन नोटिस’ जारी भईसकेको छ । सहकारीको रकम ठगी फरार भएका उनीहरु विरुद्ध कास्की प्रहरीले डिफयूजन नोटिसको प्रक्रिया अघि बढाई दिन प्रहरी प्रधान कार्यालयलाई गत महिना पत्राचार गरेको थियो । सोही बमोजिम इन्टरपोलको नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौंले डिफ्यूजन नोटिस जारी गर्न इन्टरपोलको महासचिवालयलाई पत्राचार गरेको हो । प्रहरी प्रधान कार्यालयको अनुरोध अनुसार माघ १२ गते इन्टरपोलले नोटिस जारी गरेको हो । भन्दा फरक पर्दैन ।

महेन्द्र भोटे र नकर्मीले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था, जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदाम र पोखरा महानगरपालिकाका विरुद्धमा २०८० असोज ४ गते रिट हालेका थिए । भन्दा फरक पर्दैन । सूर्यदर्शन सहकारीका १८ हजार ७ सय बचतकर्ताको १ अर्ब ११ करोड १९ लाख ४३ हजार ४५ रुपैयाँ वर्तमान सञ्चालक समिति, पूर्वसञ्चालक समिति, लेखाका कर्मचारीसहित १९ जना मिलेर ठगेका थिए ।

त्यसैगरी कास्की कारागारमा पुर्पक्षका लागि थुनामा रहेका शिवबहादुर गुरुङ ‘महेन्द्र भोटे’ र फरार रहेका अनुज नकर्मीले थुनामुक्ता भएर मुद्दा लड्नका लागि दिएको रिट उच्च अदालत पोखराले खारेज गरिदिएको छ । न्यायाधिश अमृतबहादुर बस्नेत र राजकुमार खतिवडाको इजलासले यहीं माघ ९ गते सो रिट खारेजको फैसला गरेका थिए । महेन्द्र भोटे र नकर्मीले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था, जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदाम र पोखरा महानगरपालिकाका विरुद्धमा २०८० असोज ४ गते रिट हालेका थिए । भन्दा फरक पर्दैन । सूर्यदर्शन सहकारीका १८ हजार ७ सय बचतकर्ताको १ अर्ब ११ करोड १९ लाख ४३ हजार ४५ रुपैयाँ वर्तमान सञ्चालक समिति, पूर्वसञ्चालक समिति, लेखाका कर्मचारीसहित १९ जना मिलेर ठगेका थिए । १९ जना मध्ये सहकारीका सदस्य शिवबहादुर गुरुङ महेन्द्र भोटेसहित उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, सञ्चालक समिति सदस्य भविश्वर अर्याललाई अदालतले पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको थियो । अझै १५ जना फरार रहेको भेटिएको छ ।

पोखरा महानगरपालिकाले छानबिन गरेर साउन ३ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा छानबिन प्रतिवेदन बुझाएपछि प्रहरीले असोज १६ गते जिल्ला सरकारी वकिलको कार्यालय कास्कीमा प्रतिवेदन पेस गरेको थियो । सरकारी वकिलको कार्यालयले असोज १८ गते जिल्ला अदालतमा सहकारी ऐन २०७४ अन्तर्गत ठगी मुद्दा दर्ता गरेको देखिन्छ । जीबी राई २१ करोड, भूपेन्द्र ८० करोड र थानबहादुर बुढाले २७ करोड हिनामिना गरेका भेटिएको छ भन्दा फरक पर्दैन ।

जसमा संस्थापक अध्यक्ष जीबी राईसहित वर्तमान अध्यक्ष थानबहादुर बुढा मगर, पूर्वअध्यक्ष भूपेन्द्र राई, सचिव धीरजकुमार दाससहित लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरुङ, सदस्य हेमन्त अधिकारी, प्रमोद भट्टराई, अनुज नकर्मी, आईस्मा गुरुङ, कविता तामाङ, सागर केसी, ललिता तामाङ, दिनेश रोका र सुरज श्रेष्ठ फरार रहेका छन् । पोखरा महानगरपालिकाले छानबिन गरेर साउन ३ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा छानबिन प्रतिवेदन बुझाएपछि प्रहरीले असोज १६ गते जिल्ला सरकारी वकिलको कार्यालय कास्कीमा प्रतिवेदन पेस गरेको थियो । सरकारी वकिलको कार्यालयले असोज १८ गते जिल्ला अदालतमा सहकारी ऐन २०७४ अन्तर्गत ठगी मुद्दा दर्ता गरेको देखिन्छ । जीबी राई २१ करोड, भूपेन्द्र ८० करोड र थानबहादुर बुढाले २७ करोड हिनामिना गरेका भेटिएको छ भन्दा फरक पर्दैन । सूर्यदर्शन सहकारीमा जीबी राई अध्यक्ष हुँदा २१ करोड ४२ लाख र उनका दाइ भूपेन्द्र अध्यक्ष हुँदा ८० करोड ७० लाख रकम हिसाब नैं नराखी हिनामिना गरेका थिए । त्यसैगरी संस्थापक अध्यक्ष ज्ञानबहादुर बम्जनको पालामा १९ करोड १८ लाख रुपैयाँ हिनामिना गरेका थिए । त्यसैगरी, थानबहादुर बुढाको २७ करोड ४८ लाख रुपैयाँ हिनामिना गरेका छन् । त्यसैगरी शिवबहादुर गुरुङ ‘महेन्द्र भोटे’ले ९ करोड रुपैयाँ हिनामिना गरेको देखिएको थियो । सचेत भया ।

460
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका