जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • यी चिनीयाँ ह्याकरहरुलाई जन्मकैद किन नगर्ने ?

यी चिनीयाँ ह्याकरहरुलाई जन्मकैद किन नगर्ने ?

नेपालको कानुनमा यस्ता अपराध गर्दा जन्म कैदको व्यवस्था त छैन । तर, गरिब जनताको रगत र पसिनाबाट १÷१ पैसा बैंकमा जम्मा भएकोलाई विदेशी भूमिबाट आएका आर्थिक अपराधीलाई जन्म कैद किन नगर्ने यो प्रश्न फेरी उठेको छ ।
यदि चीनमा यस्तो घटना भएको भए सिदै फाँसी हुने कानुन छ । तर, नेपालको कमजोर कानुनको फाइदा उठाउँदै चिनीयाँ ह्याकरहरुले करोडौं रकम चोरी गरेको देखिन्छ ।
चीनबाट नेपालमा पैसा डकैती गर्ने योजना बनाएर नै आएका लुटेरा समूहले नबिल, प्रभु, हिमालन, एसबीआई लगायत दर्जनौ बैंकबाट ठूलो मात्रामा एटिएम प्रयोग गरि करोडौं पैसा निकालेको प्रहरीबाट खुलेको छ ।
कमजोर कानुनको फाइदा उठाउँदै चिनीयाँ लुटेराहरुले छोटो समयमा करोडौ रकम लुटेर भाग्ने योजना बनाएको देखिन्छ । तर, नेपाल प्रहरीले समयमै लुटेरा समूह चिनीयाँ नागरिकहरुलाई प्रहरीले पक्राउ ग¥यो सलाम छ नेपाल प्रहरी !

चिनियाँ ह्याकरको ५ जनाको टिमले शनिबार बिदाको दिन पारेर नेपालको चार मध्ये एउटा स्विच ’नेप्स’ को प्रणाली ह्याक गरेर पैसा झिकेका देखिन्छ । नेप्समा आबद्द नभएका बैंकको बुथ प्रयोग गर्दा सम्बन्धित बैंकको सिस्टममा जानकारी नहुने हुँदा उनीहरुले नबिल नेपाल एसबिआइ, नेपाल इन्भेष्टमेन्ट र प्रभु बैंकको बुथ प्रयोग गरेको देखिन्छ ।

चिनीया ह्याकर यसरी परे पक्राउ
नबिल बैंकको दरबारमार्ग स्थित एटिएम बुथबाट अस्वाभाविक रुपमा पैसा झिकेको सूचना पाए पछि नेपाल प्रहरीले अप्रेसन थालेको केहि घण्टामा नै ह्याकरलाई पक्राउ गर्न सफल हुँदा बैंकिंग उद्योग ठुलो जोखिमबाट बचेको देखिन्छ ।

बुथबाट नै पक्राउ परेका चिनियाँ नागरिकको साथमा रहेको साँचो देखेपछि प्रहरीले हात्तीसर स्थित माया मनोहर बुटिक होटलको कोठा नम्बर ६०१ , ६०२ र ६०४ बाट अन्य ह्याकरलाई प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीको बिशेष टोलिले पक्राउ ग¥यो । पक्राउ पर्नेहरुमा चिनियाँ नागरिकहरु लिन जियानमेङ, लुओ जियालेइ, झु लियानग्याङ, क्वी युनकिङ र चेन बिन बिन रहेका छन् ।

यसको जिम्मेवार कसले लिने ?
बिभिन्न बैंकको प्रयोगबारे निकालिएको १ करोड ६८ लाख मध्ये नेपाल प्रहरीले १ करोड ३६ लाख बरामद गरेको छ । त्यस्तै भारत र भुटानबाट समेत पैसा निकालिएको आशंका प्रहरीले गरेको छ ।

ह्याकरले एटिएम र ग्लोबल स्विच ’भिसा’ को प्रणाली ह्याक गरि पैसा झिकेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। यसमा नेपालको स्विच ’नेप्स’ र ’भिसा’ बीचको सम्बन्धलाई छेडछाड गरि पैसा झिकिएकाले सम्भवतस् भिसा वा नेप्स पनि जिम्मेवार हुनु पर्दछ की पर्दैन गर्भनर साब ?
यद्दपी कुनै ग्राहकको नभई एटिएममा राखिएको पैसा नै झिकिएकाले यसबाट निक्षेपकर्तालाई कुनै हानि नभएको र नोक्सानी भएको पैसा तिर्नुपरे सम्बन्धित बैंकले नै व्यहोर्ने बाणिज्य बैंकका छाता संगठन नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले आर्थिक बजार न्यूज डटकम संग बताएका छन ।

नेपाल राष्ट्र बैंकले १ करोड ६८ लाख ५४ हजार रुपैयाँ झिकिएको जनाएको छ। प्रहरीले भने १ करोड २६ लाख रुपैयाँ बरामद गरेको छ। नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) ले भने साढे तीन करोड हाराहारी पैसा झिकिएको देखिएको जनाएको छ। लुटिएको रकमको पूर्ण विवरण भने आइसकेको देखिदैन ।

पैसा झिक्नका लागि नबिल, नेपाल एसबिआइ, नेपाल इन्भेष्टमेन्ट, प्रभु बैंकको एटिएम बुथ प्रयोग भएको छ । कार्ड भने एनआइसी एसिया, सिद्धार्थ, जनता, ग्लोबल आइएमइ, सनराइज बैंकको प्रयोग भएको देखिन्छ ।

चिनियाँहारुले पाँच घण्टामा १५ सय पटकसम्म कार्ड घोटेका छन्। प्रारम्भिक अनुसन्धानमा नबिल कार्ड प्रोसेस गर्ने नेप्सलाई पनि खबर गरिदिएको थियो। नबिलमा भिसाको प्रोसेसर चल्छ। चिनियाँहरुले घोटेको कार्ड भिसा प्रोसेसरमा जान्छ।

भिसाले नेप्सलाई सम्पर्क गर्छ। नेप्सले धमाधम भुक्तानीको स्वीकृति दिएको देखिन्छ। तर नेप्स आँफैलाई भने आफूले स्वीकृत गरेको थाहा हुँदैन। भिसा र नेप्सको बिचमा बसेर चिनियाँहरुले छेडखानी गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। अब बिस्तृत अनुसन्धान फरेन्सिक टोलीले गर्ने छ। यसका लागि नेप्सले फोरेन्सिक टोली झिकाइसकेको छ।

राष्ट्र बैंक, बैंकर्ससहित प्रहरीले आइतबार गरेको पत्रकार सम्मेलनमा अझै धेरै सचेतना अपनाउनु पर्ने जनाएको छ।
पक्राउ पर्नेहरुमा चिनियाँ नागरिकहरु लिन जियानमेङ, लुओ जियालेइ, झु लियानग्याङ, क्वी युनकिङ र चेन बिन बिन रहेका छन्। प्रहरीले उनीहरुको साथबाट १ करोड २६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ र ९ हजार १ सय ८ अमेरिकी डलर बरामद गरेको बताएको छ।

उनीहरुले जय नेपाल हलनजिकै रहेको माया मनोर बुटिक होटेल बुक गराएका थिए। होटेलको तीन वटा कोठा बुक गराएर शुक्रवारदेखि त्यहीँ बसेका देखिन्छ। पेशेवर पाँच चिनियाँ ह्याकरले पाँच घण्टामा नेपाली बैंकबाट एक करोड ६८ लाख लुटेको खुल्न आएको छ। उनीहरुले प्रणाली नै ह्याक गरेर नेपालका ९ बैंकलाई माध्यम बनाएर पैसा लुटेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको दाबी छ।

नेपाल प्रहरीले उनीहरुले नेपालका ९ वटा बैंकलाई माध्यम बनाउँदा तीनवटा बैंकको एटिएम बुथ प्रयोग भएको छ भने ६ वटा बाणिज्य बैंकको एटिएम कार्डको प्रयोग भएको बताएको छ।

उनीहरुले ग्लोबल नेटवर्क ’भिसा’ र नेपालको स्विच ’नेप्स’ को बीचमा ’आर्टि्फिसियल’ सिस्टम प्रयोग गरेर तीनवटा एटिएम बुथबाट ६ बाणिज्य बैंकको कार्ड घोटेर पैसा झिकेको पाइएको छ। चिनियाँ नागरिकले १ करो ड ६८ लाख ५४ हजार ७२० रुपैयाँ झिकेको नेप्सले नेपाल राष्ट्र बैंकलाई जानकारी गराएको छ।

पैसा झिक्नका लागि नबिल, नेपाल एसबिआइ र नेपाल इन्भेष्टमेन्ट बैंकको एटिएम बुथ प्रयोग भएको छ भने प्रभु, एनआइसी एसिया, सिद्धार्थ, जनता, ग्लोबल आइएमइ, सनराइज बैंकको कार्ड प्रयोग भएको प्रहरीको दाबी छ।

यति मात्र होइन बेला बखत यस्ता घटना नेपालमा भइरहेकोले छिमेकी मुलुकहरुबाट आएका डरलाग्दा ह्याकरहरु बारे समयमा नै सचेत भएर बैंकर, राज्य, राष्ट्र बैंकले कडा कदम नचाने भोलि फेरी यस्ता डरलाग्दा घटना नघट्लान भन्न सकिदैन । सचेत भया ।

13630
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका