विशेष
ललिता निवास जग्गा प्रकरणमा सिदार्थ बैंकका अध्यक्ष केडिया तानिय
बनायको लागि अख्तियारको ७ दिने सार्वनजिक सूचना
0 टिप्पणी
सिदार्थ बैंकका अध्यक्ष मनोजकुमार केडिया समेत विवादमा आएका छन् ।
सरकारी जग्गा व्यक्तिको नाममा बनाएको प्रकरणमा केडिया सहित अन्य व्यवसायीहरु समेत तानिएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिदार्थ बैंकका अध्यक्ष मनोजकुमार केडिया, कामना गुरुङ, कल्पना तुलाधर, शर्मिला शाक्य, प्रगति कंशकार सहित ५७ जनाको नाममा बयानका लागि सार्वजनिक सूचना जारी गरेको छ ।
आयोगले सूचनामा विभिन्न व्यवसायिक घरानाका व्यक्तिहरुलाई अख्तियारले बयानका लागि ७ दिने सूचना जारी गरेर आउन भनेको छ । आयोगले यसअघि गत असारमा ८६ जनालाई बयानको लागि सार्वजनिक सूचना जारी गर्दै बोलाएको थियो।