जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • लक्ष्मी बैंकको प्रमुख कार्यकारीको तलब भत्ता एक करोड नौं लाख, उच्च अधिकारीको ५ करोड ७५ लाख

लक्ष्मी बैंकको प्रमुख कार्यकारीको तलब भत्ता एक करोड नौं लाख, उच्च अधिकारीको ५ करोड ७५ लाख

लक्ष्मी बैंक लिमिटेडले आफ्नो प्रमुख कार्यकारी अधिकृतलाई एक बर्षमा कुल पारिश्रमिक र भत्ता बापत एक करोड नौं लाख ८० हजार रुपैयाँ उपलब्ध गराएको छ।

अघिल्लो बर्ष बैंकले प्रमुख कार्यकारीलाई एक करोड २१ लाख रुपैयाँ भुक्तानी गरेको थियो।

त्यसबेलाको लामो समय प्रमुख कार्यकारीका रुपमा सुदेश खालिङले काम गरेका थिए। त्यही बर्ष खालिङको कार्यकाल सकिएपछि प्रमुख कार्यकारीमा अजयबिक्रम शाह नियुक्त भएका थिए।

बैंकले पुस २८ गते डाकेको साधारणसभामा प्रस्तुत गर्न लागेको बार्षिक प्रतिवेदन अनुसार, अन्य उच्च पदाधिकारीहरुलाई ५ करोड ७५ लाख ४० हजार रुपैयाँ भुक्तानी गरेको छ।

बार्षिक प्रतिवेदन अनुसार, यो तलव सुविधा बाहेक बैंकका कर्मचारीहरुलाई कर्मचारी सेवा विनियमावली र कर्मचारी सेवा र शर्त अनुसार अन्य सुविधाहरु पनि उपलब्ध हुन्छ।

बैंकको कार्यकारी समितिमा प्रमुख कार्यकारी अधिकृतसहित १२ जना सदस्य छन्। बैंकले गत बर्ष कर्मचारीमा कुल एक अर्ब २३ करोड २७ लाख रुपैयाँ खर्च गरेको छ। कार्यालय सञ्चालनमा ८७ करोड ३५ लाख रुपैयाँ खर्च गरेको छ।

बैंकले गत बर्षको नाफाबाट साढे २ प्रतिशतका दरले नगद लाभांस र ९ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ। साधारणसभामा लाभांसको प्रस्ताव बैंकले प्रस्तुत गर्दैछ। बैंकले मर्जरको एजेण्डा पनि साधारणसभामा लैजाँदैछ।

5300
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका