जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • माछापुच्छ्रे बैंकको २३औँ वार्षिक साधारण सभा सम्पन्न

माछापुच्छ्रे बैंकको २३औँ वार्षिक साधारण सभा सम्पन्न

माछापुच्छ्रे बैंक लिमिटेडको २३ औँं वार्षिक साधारण सम्पन्न भएको छ । बैंकको आर्थिक बर्ष २०७७/७८ को वार्षिकको संचालक समितिको वार्षिक प्रतिवेदन , लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात तथा सोहि मितिमा समाप्त भएको आर्थिक बर्ष २०७७/७८ को नाफा नोक्सान बाडँफाडँ, इक्विटीमा भएको परिवर्तनको विवरण तथा नगद प्रवाह विवरण लगायत सम्पूर्ण विवरणहरु पारित भएको छ ।

उक्त साधारण सभाले बैंकको आर्थिक बर्ष २०७७/७८ को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हालको चुक्ता पूँजीको १४ प्रतिशत लाभांश (०.७ प्रतिशत नगद र १३.३० प्रतिशत बोनस लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै, संचालक समितिमा रिक्त रहेको संचालक पदमा संचालक समितिले बाँकी कार्यकालसम्मको लागि नियुक्त गरेको संचालकहरुको नियुक्ती अनुमोदन गरिएको छ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६० करोड ७८ लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १७ रुपैंया ७६ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पूँजी ९ अर्ब ५ करोड रुपंैया तथा साधारण जगेडा कोषमा २ अर्ब ७० करोड रुपंैया संचित छ ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक लि. आफ्ना १६२ वटा शाखाहरु लगायत १५४ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ३१६ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गर्नुका साथै, बैंकको देशभर २०० वटा एटीएमहरु मार्फत ग्राहक महानुभावहरुलाई सेवा प्रदान गरिरहेको छ ।

8150
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका