जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • देशलाई अफ्ठ्यारोमा पार्दिनँ : अर्थमन्त्री

देशलाई अफ्ठ्यारोमा पार्दिनँ : अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडाले आफू अलोकप्रिय बनेपनि देशलाई अफ्ठ्यारो हुने गरी अर्थतन्त्रमा असर पर्ने काम नगर्ने बताएका छन् । राजश्व संकलन नबढाउने हो भने खर्च सञ्चालन गर्न ऋण लिनु पर्ने र त्यो दीर्घकालीन रुपमा जोखिमपूर्ण हुने उनले बताए ।

आठौं राष्ट्रिय कर दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले परिवर्तित राजनीतिक परिदृष्यमा केही अन्यौल र अप्ठ्यारो हुनु स्वाभाविक रहेको बताए ।

करको दायरा बढाएर अर्थमन्त्री अलोकप्रिय बने भन्ने टिप्पणी हुने गरेको स्वीकार्दै उनले परिवर्तित परिदृष्यमा केही अन्यौल हुनु स्वाभाविक भएको बताए । सरकार अध्यारोबाट उज्यालोतर्फ अगाडि बढिरहेको बताउँदै उनले भने, ‘लामो समय अध्यारोमा बसेका कारण केही समय अफ्ठ्यारो हुन्छ ।’

अहिले राजस्वबाट धेरै सार्वजनिक खर्च धान्ने कि ऋण लिने भन्ने विषय महत्वपूर्ण रहेको उनले उल्लेख गरे ।

अनौपचारिक क्षेत्रमा रहेका व्यवसायीलाई औपचारिक क्षेत्रमा ल्याउने क्रममा केही अफ्ठ्यारो भएको उनले बताए । बिगतमा अध्यारोमा बसेर व्यवसाय गरिरहेकाहरुलाई औपचारिक दायरामा आउने अवसर रहेको भन्दै उनले यसको उपयोग गर्न आग्रह गरे । ‘यो वर्ष अवसर छ आउनुस्, अर्को वर्ष के हुन्छ भन्न सकिन्नँ, उनले भने । उनको यो भनाइ स्टार्टअप व्यवसायतर्फ थियो ।

आर्थिक वृद्धिको लक्ष्यमा अडिग रहेको भन्दै उनले चालू आर्थिक वर्षमा बजेटमा उल्लेख भएअनुसार नै आर्थिक वृद्धि हुने अर्थ मन्त्रीको विश्वास छ ।

कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधिले कर प्रशासनमा धेरै सुधार भएपनि अझै सुधारको आवश्यकता रहेको उल्लेख गरे । खासगरी सरकारले पछिल्लो समय लिएका अनिवार्य प्यान कार्ड, ढुवानीका सवारी साधनलाई अनलाइन निगरानी, भन्सारका दरमा बीच-बीचमा हुने परिवर्तन जस्ता विषयमा उनीहरुले अर्थमन्त्रीको ध्यानाकर्षण गराए

6785
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका