जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • माछापुच्छ्रेको क्यूआर कोडबाट ट्याक्सीको भाडा भुक्तानी गर्न सकिने

माछापुच्छ्रेको क्यूआर कोडबाट ट्याक्सीको भाडा भुक्तानी गर्न सकिने

माछापुच्छ्रे बैंकसँग  इजि एस्योरेन्सले अन्तरगतको इजि ट्याक्सीले  व्यवसायिक सम्झौता गरेको छ । बिद्युतिय प्रणाली मार्फत ट्याक्सी भाडा भुक्तान गर्नका लागि गरिएको सम्झौतामा  माछापुच्छ्रे बैंकको तर्फबाट नायव महाप्रबन्धक सर्जु कुमार थापा र इजि एस्योरेन्सको तर्फबाट प्रबन्ध निर्देशक सन्जित पौडेलले हस्ताक्षर गरेका थिए ।

सो सम्झौतापछि इजि ट्याक्सी अन्र्तगत संचालनमा रहेका करिब ५ हजार ट्याक्सीहरुको सेवा उपभोग गरेबापत ग्राहकहरुले भुक्तानी गर्नुपर्ने भाडा रकम  माछापुच्छ्रे बैंकको क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्ने छन् ।

देशभर डिजिटल सेवाहरुको उपयोग बढिरहेको बेलामा इजि ट्याक्सी नेपाल एपमार्फत लामो समयदेखि इजि एस्योरेन्स प्रा। लि।ले प्रविधि मैत्री ट्याक्सी सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्झौतापछि बोल्दै इजि ट्याक्सीका प्रबन्ध निर्देशक सन्जित पौडेलले बैंकसँगको सहकार्यले डिजिटल ट्याक्सी सेवालाई अगाडि बढाउन सहयोग पुग्ने बताए ।
‘हामीले इजि ट्याक्सी नेपाल एपमार्फत ट्याक्सी सेवा दिईरहेको बेलामा रकम भुक्तानीमा समस्या भईरहेको थियो । अब सो समस्या समाधान भएको छ । आगामी दिनमा थप यात्रुहरुलाई सेवा दिन सहज हुनेछ,’ प्रबन्ध निर्देशक सन्जित पौडेलले भने ।

मोबाइल एपमा आधारित ट्याक्सी सेवालाई सहज बनाउने उद्धेश्य र कोभिड १९ को संक्रमणको समयमा नगद कारोबारमा देखिने जोखिम न्यूनिकरण गर्न तथा ग्राहकहरुलाई बिद्युतिय कारोबारमा प्रोत्साहित गर्नका लागि इजि ट्याक्सी र बैंकबिच सम्झौता भएको हो ।

जुनसुकै बैंकमा खाता रहेका ग्राहकहरुले आफ्नो बैंकको मोवाइल बैंकिङ्ग एपको माध्यमबाट क्युआर कोड स्क्यान गरी ट्याक्सीको भाडा एपमार्फत भुक्तानी गर्न सक्नेछन् ।

पछिल्लो दिनमा क्युआर कोर्डमार्फत रकम भुक्तानी निकै सजिलो र भरपर्दो माध्यमको रुपमा विकास हुँदै गएको छ । रकम भुक्तानीका लागि प्रापकको खाता नम्वर, नाम लगायतका विवरण लिखित रुपमा लिइरहनुपर्ने झन्झट नहुने र कुनैपनि क्युआर कोड एकआपसमा नमिल्ने भएकाले पनि क्युआर कोड अहिले ग्राहकको पहिलो रोजाईमा परेको छ ।

7305
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका