जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • काङ्ग्रेस सभापति देउवाद्वारा प्रदर्शनी अवलोकन   

काङ्ग्रेस सभापति देउवाद्वारा प्रदर्शनी अवलोकन   

पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भृकुटीमण्डपमा जारी नेपाल यार्न एण्ड टेक्सटाइल एक्स्पो अवलोकन गर्नुभएको छ । नेपाली उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल धागो उत्पादक सङ्घले आयोजना गरेको पाँचदिने प्रदर्शनी अवलोकन गरी उहाँले केही उत्पादनसमेत खरीद गर्नुभयो । सञ्चारकर्मीसँग सङ्क्षिप्त प्रतिक्रियामा नेता देउवाले नेपाली उत्पादनलाई प्रवद्र्धन गरिनुपर्नेमा जोड दिनुभयो ।

अवलोकनमा सांसदहरु पुष्पा भुसाल र दिव्यमणि राजभण्डारी पनि सहभागी हुनुहुन्थ्यो । धागो उत्पादक सङ्घका अध्यक्ष पवन गोल्यानले उहाँलाई नेपाली धागो र कपडा उद्योगका विषयमा जानकारी गराउनुभएको थियो ।

धागोमा नेपाल आत्मनिर्भर भए पनि कपडा अझै आयात गर्न बाध्य हुनु परेको उहाँले सुनाउनुभयो । हाल मागको १५ प्रतिशत कपडा मात्र नेपालमा उत्पादनमा हुन्छ । पचासी प्रतिशत विदेशबाट आयात गर्नुपर्ने बाध्यता रहेको धागो उत्पादक सङ्घले जनाएको छ ।

धागो भने वार्षिक रु ११ अर्बको निर्यात हुने गरेको छ । विद्युत् र बैंक ब्याजदरमा सहुलियत दिए कपडामा पनि आत्मनिर्भर बन्न सकिने व्यवसायीको भनाइ छ । चोरी पैठारी र न्यून बिजकीकरणको समस्याले पनि नेपाली कपडा उद्योगलाई असर गरेको छ । यसलाई रोक्न पनि व्यवसायीले सरकारसँग माग गरेका छन् ।

भोलि आइतबारसम्म चल्ने प्रदर्शनीमा दर्शकको उल्लेख्य उपस्थिति छ । नेपालीको महान् बडादशैँ तथा शुभ दीपावलीको पूर्वसन्ध्यामा प्रदर्शनी आयोजना गरिएको हो ।

4190
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका