जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • राष्ट्रपतिबाट थप तीन अध्यादेश जारी

राष्ट्रपतिबाट थप तीन अध्यादेश जारी

राष्ट्रपतिको कार्यालयले सरकारको सिफारिसमा तीनवटा महत्त्वपूर्ण अध्यादेश जारी गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा ती अध्यादेश जारी गरेका हुन् । जारी भएका अध्यादेशहरूमा स्वास्थ्य, शिक्षा तथा सार्वजनिक प्रशासनसँग सम्बन्धित कानुनी व्यवस्था संशोधन गरिएको छ।

तीनवटै अध्यादेश २०८३ वैशाख १९ गते जारी गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। राष्ट्रपतिको कार्यालयले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदपूर्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ र विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ सम्बन्धी अध्यादेश जारी गरेको हो ।

सरकारले ती अध्यादेशमार्फत सम्बन्धित क्षेत्रमा देखिएका कानुनी जटिलता समाधान गर्दै सेवा प्रवाह र व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरेको छ। जारी अध्यादेशमध्ये सार्वजनिक पदाधिकारीको पदपूूर्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३ अनुसार सबै सार्वजनिक निकायमा भएको राजनीतिक नियुक्ति खारेज भएको छ ।

190
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्