जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सनराइज बैंकद्वारा क्याम्पसलाई सहयोग

सनराइज बैंकद्वारा क्याम्पसलाई सहयोग

सनराइज बैंक लि., सुनवल शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुनवल नगरपालिका वडा नं. ४ स्थित महाकवि देवकोटा क्याम्पसलाई ३२ हजार बराबरको शैक्षिक सामग्री लगायतका सामान सहयोग प्रदान गरेको छ ।

क्याम्पसद्धारा आयोजित क्याम्पस सभा कार्यक्रममा सुनवल शाखाका शाखा प्रमुख प्रकाश खनालद्धारा सो क्याम्पस संचालक समितिका अध्यक्ष कृष्ण प्रसाद लामिछानेलाई उक्त सामान हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा संघिय संसद एवं पुर्व गृहराज्य मन्त्री माननीय देवेन्द्र राज कंडेल प्रमुख अतिथि तथा विशेष अतिथिमा सुनवल नगरपालिकाका मेयर भिमबहादुर थापा क्षेत्री (भरत) रहनुभएको थियो । साथै सो कार्यक्रममा सुनवल क्षेत्रका प्रतिष्ठित सामाजिक क्षेत्रका व्यक्ति एवं बुद्धिजिवी लगायत समाजका अन्य विशिष्ठ व्यक्ति को उपस्थित रहेको थियो ।

हालसम्म सन््राइज बैंकले १२२ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ६ वटा एक्सटेन्सन काउण्टर र १४२ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरm विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरmमा पनि थप शाखाहरm संचालन गर्ने योजना रहेको जनाएको छ ।

5400
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका