जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • ज्योति विकास बैंकका थप दुई शाखा लहान र कटारीमा

ज्योति विकास बैंकका थप दुई शाखा लहान र कटारीमा

ज्योति विकास बैंकले लहान र कटारीमा थप दुई नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ। बैंकिङ्ग पहुंच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ बैंकले बिहीबार नयाँ शाखाहरु सञ्चालनमा ल्याइएको हो।

लहान नगरपालिका वडा नं। ८ सिरहास्थित लहान शाखाको समुद्घाटन लहान उद्योग वाणिज्य संघका अध्यक्ष अशोक लाल अमात्य र बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा गर्नुभएको थियो।

साथै, कटारी नगरपालिका वडा नं. ४ उदयपुरस्थित कटारी शाखाको समुद्घाटन कटारी उद्योग वाणिज्य संघका अध्यक्ष पुस्कर खड्का र बैंकका संचालक सुरेन्द्र बहादुर नेपालीले संयुक्त रुपमा गर्नुभएको थियो।

उद्घाटन समारोहमा बैंकका संचालक समितिका सदस्यहरु,बैंकका विभिन्न पदाधिकारी र कर्मचारीहरु,ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरुको पनि उपस्थिति रहेको थियो।

नयाँ शाखा उद्घाटनको अवसरमा बैंकले लहान र कटारी शाखाका ग्राहकहरुको निमित्त शुन्य मौज्दातमै क्यु आर कोड,नि:शुल्क डलर कार्ड जारी, निशुल्क डिम्याट खाता, निस्शुल्क मेरोसेयर रजिस्ट्रेशन, निस्शुल्क डेबिट कार्ड, निस्शुल्क मोबाईल बैंकिंग सेवा, निस्शुल्क इन्टरनेट बैंकिंग सेवा , सबै मुद्दती निक्षेपहरुमा साप्ताहिक रमासिक ब्याज भुक्तानी ,कर्जा सेवा शुल्कमा ०।२५५ छुट लगायत विभिन्न सुविधाहरु प्रदान गर्ने भएको छ।

3580
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका