जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • हिमालयन जनरल इन्स्योरेन्स वार्षिक साधारण सभा सम्पन्न

हिमालयन जनरल इन्स्योरेन्स वार्षिक साधारण सभा सम्पन्न

हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको २५औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । सभाले गत आव २०७५/७६ को वार्षिक प्रगति प्रतिवेदन पारिद गर्दै आगामी कार्यकालका लागि पाँच सञ्चालक निर्वाचित गरेको छ । संस्थापकतर्फ ३ जना र सर्वसाधारणतर्फ २ जना सञ्चालकको निर्वाचन गरेको हो ।

निर्वाचित संचालकहरुमा संस्थापक तर्फबाट महेन्द्र कृष्ण श्रेष्ठ, विक्रम कृष्ण श्रेष्ठ र विजीत कृष्ण श्रेष्ठ रहेका छन भने सर्वसाधारण तर्फबाट नुरा कुमारी शर्मा र अजय रत्न स्थापित रहेका छन । सभाले चालू आर्थिक वर्षको वार्षिक लेखा परिक्षणका लागि श्री सुन्दर एण्ड कम्पनीलाई पुनः नियुक्त गरेको छ ।

कम्पनीले एनएफआरएसमा पहिलो पटक वित्तीय विवरण बनाउँदा विभिन्न नियमनकारी कोषहरुको छुट्याउनु परेकाले यस वर्ष लगानीकर्ताहरुलाई लाभांश दिन नसकिएको जानकारी गराएको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब २ करोड ७२ लाख रहेको छ ।

11140
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका