जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • सांग्रिला डेभलपमेन्ट बैंकको एनपीएल ४.८९ प्रतिशत पुग्यो

सांग्रिला डेभलपमेन्ट बैंकको एनपीएल ४.८९ प्रतिशत पुग्यो

सांग्रिला डेभलपमेन्ट बैंकको चालु आर्थिक वर्ष २०८०÷८१को दोस्रो त्रैमासमा खुद नाफा ३९.८२ प्रतिशत घटेर १० करोड २ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १६ करोड ६५ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

यस अवधिमा बैंकको खराब कर्जा (एनपीएल)१.५३ प्रतिशत बढेर ४.८९ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा ३.३६ प्रतिशत थियो ।

पुस मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ३.५९ प्रतिशत बढेर ९४ करोड ६३ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ९१ करोड ३५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

६ महिनाको अवधिमा बैंकको नेट फि तथा कमिशन आम्दानी ४१.४० प्रतिशत बढेर १० करोड ५१ लख रुपैयाँ, कुल सञ्चालन आम्दानी ६.८३ प्रतिशत बढेर १ अर्ब ५ करोड रुपैयाँ, सञ्चालन नाफा ३९.२१ प्रतिशत घटेर १४ करोड ५२ लाख रुपैयाँ र वितरणयोग्य नाफा २१ करोड ३६ लाख रुपैयाँ ऋणात्मक रहको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ५ प्रतिशत बढेर ३ अर्ब ४३ करोड ९ लाख रुपैयाँ, जगेडा कोष ८.६४ प्रतिशत घटेर १ अर्ब ११ करोड १२ लाख रुपैयाँ, निक्षेप संकलन २.५५ प्रतिशत बढेर ५१ अर्ब ८५ करोड रुपैयाँ र कर्जा प्रवाह ४.४५ प्रतिशत बढेर ४१ अर्ब ६३ करोड ४४ हजार रुपैयाँ रहेको छ ।

बैंकको नाफा घटेसँगै प्रतिसेयर आम्दानी ५.२२ रुपैयाँ घटेर ५.८४ रुपैयाँमा झरेको छ । बैंकको मूल्य आम्दानी अनुपात ५४.७७ गुणा छ भने प्रतिसेयर नेटवर्थ १३२.३९ रुपैयाँ रहेको छ ।

बैंकको आधार दर १०.८१ प्रतिशत, कर्जा निक्षेप अनुपात ८३.४१ प्रतिशत, कस्ट अफ फण्ड ८.६१ प्रतिशत र इन्ट्रेस्ट रेट स्प्रेड ४.५८ प्रतिशत छ ।

645
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका