जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कृषि विकास बैंक चोरीमा बैंककै कर्मचारी संलग्न

कृषि विकास बैंक चोरीमा बैंककै कर्मचारी संलग्न

कृषि विकास बैंकको लाहान शाखाबाट मंगलबार करिब दुई करोड रुपैयाँ चोरी भएको घटनामा बैंककै कर्मचारीको मिलेमतो रहेको रहस्य खुलेको छ ।
प्राप्त जानकारीअनुसार बैंकको सोही शाखामा कार्यरत तीन जना कर्मचारीले आफ्नो युजरनेम र पासवर्ड अनाधिकृत व्यक्तिलाई दिई सो शाखाका सात जना ग्राहकको खाताबाट रकम ट्रान्सफर गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको कृषि विकास बैंकका प्रवक्ता हिमलाल पौडेलले जानकारी दिए । उनका अनुसार चोरीको घटनामा संलग्न कर्मचारीको पहिचान भइसकेकाले उनीहरु अहिले प्रहरी नियन्त्रण रहेका छन् ।

कृषि विकास बैंकका लाहानस्थित शाखाबाट रकम आफ्नो खातामा ट्रान्सफर गरेर रकम झिक्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरु सबै काठमाडौंबाट पक्राउ परेका हुन्। अन्यको खोजिरअनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यहाँ कर्मचारीले नै पैसा चोरी गरेको पाइएको छ । बैंककै कर्मचारीले अवैध रुपमा पैसा झिकेको पाइएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले बताएका छन् । बैंकको नाफारघाटा खातामा रहेको रकममध्ये ४ करोड रुपैयाँ उनीहरुले विभिन्न खाताहरुमा सारेको पाइएको छ।

‘यसरी चोरी भएको रकम ७ जनाको खातामा ट्रान्सफर भएको देखिन्छ,’ बैंक स्रोतले भन्यो, ‘३ जना पक्राउ परेका छन्, प्रहरीले छानविन गरिरहेको छ ।’

पक्राउ परेकाहरुबाट केही रकम बरामद गरिएको प्रहरीले जनाएकोछ । चोरीमा संलग्नले बैंकको ब्यालेन्सिट नै तलमाथि गरेका छन् ।

कृषि विकास बैंक स्रोतका अनुसार यो प्रकरणमा तीन जना कर्मचारीहरुको कम्प्युटर एकाउन्ट अर्थात् युजरु र पासवर्डु प्रयोग भएको छ। यसैलाई प्रयोग गरेर बैंकिंग प्रणालीभित्र छिरेर नाफारघाटा खातामा जम्मा भएको रकमलाई आफ्नो खातामा सारेका हुन्।

प्रहरीले जनाए अनुसार खाताबाट रकम आफ्नो खातामा ट्रान्सफर गरेर रकम झिक्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। आफ्नो खातमा रकम सारेर झिक्दै गर्दा पाँच जनालाई नियन्त्रणमा लिएका छौँ। अन्य व्यक्तिहरुको खोजी भइरहेको छु लहान प्रहरीले बताएको छ।
घटनामा संलग्न व्यक्तिाई प्रहरीले पक्राउ गरिसकेको जनाएको छ । पक्राउ पर्नेमा काठमाडौंका सुजन कार्की, रसुवाका लक्ष्मी तामाङ, निर्मला तामाङ, नीमा तामाङ सञ्जय घले, सर्लाहीका पुष्पराज खड्का, नुवाकोटका लेवाङ तामाङ र लमजुङका विद्या सागरलगायत रहेको बताइए पनि प्रहरीले सबैको नाम खुलाएको छैन ।

12035
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका