जोडिनुहोस
बुधबार, असार १०, २०८३
बुधबार, असार १०, २०८३
  • होमपेज
  • गरिमा विकास बैंकका ग्राहकले ल्याण्डमार्क होटल्समा विशेष छुट पाउने

गरिमा विकास बैंकका ग्राहकले ल्याण्डमार्क होटल्समा विशेष छुट पाउने

गरिमा विकास बैंकका ग्राहकले ‘ल्याण्डमार्क होटल्स रिर्सोट एण्ड स्पा’मा विशेष छुट पाउने भएका छन् । आन्तरिक पर्यटनलाई प्रोत्साहन तथा प्रर्बद्धन गर्नुको साथै आफ्ना ग्राहकहरुलाई थप सुविधाहरु प्रदान गर्नका लागि बैंकले ल्याण्डमार्कसँग सम्झौता गरेको छ ।

बैंकले ल्याण्डमार्कसँग डिलक्स रुममा ३५ प्रतिशत छुट, फुड एण्ड वेभरेजमा १५ प्रतिशतको छुट साथै अन्य सेवा सुविधाहरुमा छुटको लागि सम्झौता गरेको जनाएको छ ।

सम्झौता अनुसार बैंकका डेविट कार्ड र मोबाईल बैकिङ्ग प्रयोग गरि बिल भुक्तानी गर्ने ग्राहकले काठमाडौं, पोखरा र चितवनमा रहेको ल्याण्डमार्क होटलबाट उल्लेखित छुट सुविधाहरु लिन सक्ने छन् ।

हाल बैंकले १०६ शाखा कार्यालयहरु र ५१ एटिएमबाट आफ्ना ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

7300
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका