जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • चिनी मिल सञ्चालकको बैंक खाता रोक्का

चिनी मिल सञ्चालकको बैंक खाता रोक्का

उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले अन्नपूर्ण र लुम्बिनी चिनी मिल सञ्चालकको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्राचार गरेको छ ।

उखु किसानको रकम भुक्तानी नगरेसम्म सबै आर्थिक कारोबार रोक्न गर्न पत्राचार गरिएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव दिनेश भट्टराईले जानकारी दिए । उनकाअनुसार उनीहरुमाथि अनुसन्धान गर्न आन्तरिक राजश्व विभागलाई भनिएको छ ।

सर्लाहीको अन्नपूर्ण चिनी मिलका सञ्चालक राकेशकुमार अग्रवालले मन्त्रालयसामू उखु किसानको बक्यौता दिने बाचा गरेको थियो । तर माघ ७ को भाका कट्दासम्म ३ करोड ९० लाख रुपैयाँ मात्र किसानलाई दिइएको छ । अझै ४२ करोड किसानको बक्यौता रहेको पाइएपछि मन्त्रालयले नेपाल विद्युत प्राधिकरणबाट पाउनु पर्ने रकम पनि रोक्का गर्न भनेको छ ।

यस्तै नवलपरासीमा रहेको लुम्बिनी चिनी उद्योगले १० करोड ७४ लाख रुपैयाँ भुक्तानी दिन बाँकी छ । सरकारी स्वामित्वको लुम्बिनी चिनी मिल मनिष अग्रवालले भाडामा सञ्चालन गरेका थिए, उनको मृत्यु भइसकेको छ । किसानको रकम भुक्तानी गर्न आग्रह गर्दा परिवार उद्योग सञ्चालकको परिवार सम्पर्कमा नआएकाले बैंक खाता रोक्का गर्नु परेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार महालक्ष्मी चिनी मिलले २१ करोड ४० लाख, एभरेष्टले झण्डै ८ करोड, बाग्मती खाँडसारीले ८ करोड ४१ लाद र बाबा बैजुनाथ चिनी मिलले पनि किसानको रकम दिन बाँकी छ ।

7860
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?