सिटी एक्सप्रेस ग्रुपलाई प्रधानमन्त्रीद्धारा सम्मान - Aathikbazarnews.com Aathikbazarnews.com सिटी एक्सप्रेस ग्रुपलाई प्रधानमन्त्रीद्धारा सम्मान - Aathikbazarnews.com
जोडिनुहोस
बिहिबार, माघ १६, २०७६
बिहिबार, माघ १६, २०७६
  • होमपेज
  • सिटी एक्सप्रेस ग्रुपलाई प्रधानमन्त्रीद्धारा सम्मान

सिटी एक्सप्रेस ग्रुपलाई प्रधानमन्त्रीद्धारा सम्मान

सिटी एक्सप्रेस ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट दिएर सहयोग गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ ।

यसै अनुरुप भक्तपुर स्थित मानव सेवा आश्रमको १६ औ आश्रम उद्घाटन समारोहमा सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीद्धारा सिटी एक्सप्रेस ग्रुपका प्रबन्ध निर्देशक चन्द्र टण्डनले सम्मान लिएका छन् ।

समाजको सकरात्मक रुपान्तरण एवं मानविय सेवाको कार्यमा मानवसेवा आश्रमले पु¥याउदै आइरहेको योगदानको कदर गर्दै आश्रमलाई सम्मान गरेको जनाएको छ ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्ट्हरु बाट ७००० भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

सिटी एक्सप्रेस ग्रुप अन्तर्गत मनि ट्रान्सफर, फाउन्डेशन, फाईनान्स, आईटी कम्पनी, टे«िडङ्ग, म्यानेजमेन्ट लगायत थुप्रै कम्पनीहरु आबद्ध छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका