जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • शिखर इन्स्योरेन्सको नाफा ३६ करोड ७० लाख, बीमा कोषको आकार साढे १ अर्ब

शिखर इन्स्योरेन्सको नाफा ३६ करोड ७० लाख, बीमा कोषको आकार साढे १ अर्ब

शिखर इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८ /७९ को तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको खुद दाबी भुक्तानी घटेको छ भने आधिकांश सूचकमा सामान्य बृद्धि देखिएको छ ।

१ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ७५ करोड ५५ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ६१ करोड ७६ लाख रुपैयाँ थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोषमा रकम बृद्धि भएको छ ।

यस अवधिमा कम्पनीको बीमा कोषमा १ अर्ब ४७ करोड ८७ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा १ अर्ब २३ करोड ८९ लाख रुपैयाँ थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको बीमा कोषको आकार पनि बृद्धि भएको छ ।

गत आर्थिक वर्षमा १ अर्ब ८ करोड २४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले आर्थिक वर्ष २०७८ /७९ को तेस्रो त्रैमाससम्ममा १ अर्ब १३ करोड १० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ४ दशमलव ४९ प्रतिशतले बढेको छ ।

यस अवधिमा कम्पनीको खुद नाफा ३६ करोड ७० लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ३६ करोड ३३ लाख रुपैयाँ रहेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा १ दशमलव ०१ प्रतिशतले बढेकोे हो ।

त्यस्तै,समिक्षा अवधिमा कम्पनीले ६२ करोड ८६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६४ करोड २ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी घटेको छ ।

3295
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका