

अझै पनि हाम्रो समाजमा सरकारी जागिर गर्नेको सान, मान र ईज्जत नै छुट्टै हुन्छ। छोरीको बिहे गर्नु पर्यो भने पहिला जागिर के गर्नु हुन्छ भनेर सोधिन्छ र यदि सरकारी जागिरे रैछ भने ल छोरी पाल्न सक्छ भनेर विश्वास गरिन्छ। बेरोजगारीले थलिएका धेरै शिक्षित युवाहरु लोक सेवा र सरकारी जागिरको प्रतीक्षा गर्दा गर्दै जीवनको लगभग आधा समय नै बिताई दिन्छन। प्राईभेट जागिर भन्दा सरकारी जागिरको क्रेज कति छ भनेर त २ सय मागेको ठाउमा २ हजार युवाहरुले फाराम भरेको देख्दा नै थाहा पाऊनु हुन्छ।
तर यहाँ यस्तो व्यक्तिहरु पनि छन् ,जसले हुदा खादाको सरकारी जागिर छाडेर कलाकारितामा लाग्ने मुर्खता गरेका छन्। उनीहरुले नराम्रो गर्न खोजे ,यो त बिलकुलै होइन, किनकि मानिसले जुन सुकै काम गर्दा पनि आफुलाई सुहाउने र आफ्नो रुचि के मा छ त्यहि गर्नु पर्छ,अनि मात्र सफल हुन सकिन्छ। हाज हामी सरकारी जागिर छाडेर कलाकारितामा नाम र दाम कमाउन सफल ५ कलाकारहरुको बारेमा कुरा गर्न गईरहेका छौ।
१ – अर्जुन घिमिरे
आफ्नो दाइ आर्मीमै भएकाले संकटकालको समयमा सेनामा भर्ति भएका अर्जुन घिमिरे माओवादी र सरकारविच दोहोरो जनयुद्द चलेको बेला राजिनामा दिएका थिए। त्यसपछि उनले कुमार कट्टेलसंग मिलेर भद्रगोल नामको टेली सिरियल निर्माण गरे। सरकारी जागिर नफापेको उनलाई कलाकारिता भने लक्की सावित भयो। हाल उनि नेपालका एक सफल हास्य कलाकारको रुपमा चिनिन्छन।
२ – दिपकराज गिरि
चलचित्र क्षेत्रका सफल निर्माता तथा सफल कलाकार दिपकराज गिरीलाई पनि सरकारी जागिरले खासै पत्याएन। उनिले जम्मा जम्मी चार दिन असईको तालिम लिएका थिए र गाह्रो लागेर छोडेर भागेका थिए। त्यस पश्चात कलाकारितामा होमिएका उनले आज सम्म पनि पछाडी फर्किएर हेर्नु परेको छैन।
३ – धिरेन शाक्य
धिरेन शाक्य पेशाले ब्रिटिस आर्मी थिए। कलाकारिताको भुत चढ्न थाले पछि उनले सरकारी जागिर छाडेका हुन् । कलाकारिता क्षेत्रमा जीवनका लगभग दुइ दशक पार गरिसकेका उनले चलचित्र चेली बाट अभिनय यात्राको थालनी गरेका हुन्। १९९० बाट कलाकारितामा लागेका उनको पछिल्लो चलचित्र ‘यात्रा ,द म्युजिक भ्लग’ हो जसले दर्शकको निकै राम्रो साथ् पाएको थियो।
४ – तुलसी घिमिरे
तुलसी घिमिरे पनि कलाकारितामा लाग्नु अघि भारतीय सेनामा जागिरे थिए। बच्चै देखिको कलाकारितामा शोख भएको कारणले उनले ६ महिना सेनाको ट्रेनिंग लिएपछि छाडेका थिए। बलिउड ईन्डस्ट्रिजबाट चलचित्र यात्राको थालनी गरेका उनि नेपालि चलचित्रमा स्थापित भए। उनको दक्षिणा, कुसुमे रुमाल, लाहुरे ,देउता ,बलिदान लगायत दर्जनौ सफल र चर्चित चलचित्रहरु रहेका छन्।
५ – प्रशान्त तामाङ्ग
भारतीय चर्चित रियालिटी सो ‘ईन्डियन आईडल २००७ ‘को बिजेता समेत रहेका प्रसान्त तामांग पिताको मृत्युपश्चात कोलकत्ता पुलिसमा भर्ति भएका थिए। नेपालि मुलका भारतीय नागरिक प्रशान्त कलाकारितामा नै धेरै नै व्यस्त हुन थालेपछि सरकारी जागिर छाडेका थिए। उनले थुप्रै नेपालि गीतमा आवाज भरेका छन् भने गोर्खा पल्टन ,परदेशी जस्ता सफल चलचित्रमा समेत आफ्नो अभिनय कला प्रस्तुत गरिसकेका छन्।