जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • ४३ हजार बेरोजगार युवालाई रोजगारी दिने

४३ हजार बेरोजगार युवालाई रोजगारी दिने

के तपाई बेरोजगार हुनुुहुन्छ ? शिक्षित पनि हुनुहुन्छ भने तपाईका लागि अल्पकालीन रोजगारी प्राप्त हुने भएको छ ।

सरकारले हरेक १० वर्षमा राष्ट्रिय जनगणना गर्दै आएको छ । विगतमा जनगणनाका लागि शिक्षक परिचालन गर्ने गरेको भएपनि यस पटक बेरोजगार युवालाई प्राथमकिता दिन लागेको हो ।

सोही अनुसार राष्ट्रिय जनगणना २०७८ मा बेरोजगार युवालाई परिचालन गरिने तथ्यांक विभागले जनाएको छ । सो राष्ट्रिय अभियानमा कूल ४३ हजार २७७ गणक र ९ हजारभन्दा बढी सुपरभाइजर परिचालन गरिनेछ ।

यसअघि राष्ट्रिय जनगणनामा शिक्षक परिचालन गर्ने गरिएको थियो । यसपटक भने बेरोजगार युवालाई सो कार्यको जिम्मा दिन लागिएको हो ।

केन्द्रीय तथ्यांक विभागले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार अब बेरोजगार युवालाई नै परिचालन गरिनेछ ।

9790
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका