जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • अहिले ब्याज तिर्नपर्ने तनावमा नपरे हुन्छ, बरु व्याज तिर्ने समय सार्न सकिन्छ गभर्नर अधिकारी

अहिले ब्याज तिर्नपर्ने तनावमा नपरे हुन्छ, बरु व्याज तिर्ने समय सार्न सकिन्छ गभर्नर अधिकारी
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल बैंकबाट प्रवाह हुने ऋणको व्याज मिनाहा गर्न सकिने अवस्था नरहेको बताएका छन् । उनले उद्योगी व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट लिने ऋणको व्याजालई मिनाहा गर्न सकिने अवस्था नरहेका बताएका हुन् ।

मंगलबार अर्थ समितिको बैठकमा आगामी मौद्रिक नीति सम्बन्धी छलफलमा सहभागी अधिकारीले व्यवासायीले व्याज मिनाहाको कुरा उठाए पनि त्यसको समाधान तत्काल गर्न नसकिने बताएका हुन् । दैनिक आफुसमक्ष पनि धेरै उद्योगी व्यवसायीले व्याज मिनाहाको माग उठाउने गरेको बताउँदै उनले अहिले त्यसको कार्यान्वयन गर्न कठिन रहेको उनको भनाइ छ ।

‘अहिले ब्याज तिर्नपर्ने तनावमा नपरे हुन्छ, बरु व्याज तिर्ने समय सार्न सकिन्छ,’ उनले भने । वित्तीय क्षेत्रबाट धेरै ऋण लिनेमा ठूला व्यवसायी नै बढी रहेको बताउँदै पाँच करोडभन्दा बढी ऋण लिनेहरु ३६ प्रतिशत र ५० लाखभन्दा थोरै लिने ३४ प्रतिशत रहेको उनले बताए ।

बैंक तथा वित्तीय क्षेत्रले बैशाख २१ गतेसम्म ३६ खर्ब ७८ निक्षेप संकलन गरी ३२ खर्ब ४६ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको उनकाे भनाइ छ ।  उनका अनुसार बैंकिङ क्षेत्रबाट प्रवाहित कर्जा मध्ये कृषि क्षेत्रमा कुल कर्जाको ७.०४ प्रतिशत अर्थात कर्जा प्रवाह २ खर्ब २० अर्ब ४३ करोड रुपैयाँ र उत्पादनमुलक क्षेत्रमा ५ खर्ब ३२ अर्ब ८५ करोड रुपैयाँ प्रवाह भएको छ ।

13365
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?