जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सिद्धार्थ बैंकका सिइओ शम्भुनाथ गौतमको तलब एक करोड ५१ लाख

सिद्धार्थ बैंकका सिइओ शम्भुनाथ गौतमको तलब एक करोड ५१ लाख

सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमले गत आर्थिक वर्षमा एक करोड ५१ लाख ३८ हजार रुपैयाँ पारिश्रमिक, भत्ता तथा सुविधा लिएका छन्। त्यस्तै नायब प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेलले एक करोड ७ लाख रुपैयाँ लिएका छन्।

बैंकले प्रमुख करायकारी अधिकृतसहित उच्च व्यवस्थापकहरुको लागि मात्रै २० करोड ८७ लाख रुपैयाँको तलब तथा अन्य सुविधा दिएको छ। बैंकले कुल व्यावस्थापनको लागि दुई अर्ब ७८ करोड रुपैयाँ खर्च गरेको हो।

कर्मचारीहरुले गत आर्थिक वर्षमा ३६ करोड ६६ लाख रुपैयाँ बोनस प्राप्त गरेका छन्। गत आर्थिक वर्षमा बैंकको सञ्चालक समितिको १२ वटा बैठक बसेको थियो।

सञ्चालक समितिको बैठकमा सबैभन्दा धेरै उपस्थित भएका नरेन्द्र कुमार अग्रवालले बैठक भन्ता एक लाख ३० हजार रुपैयाँ प्राप्त गरेका छन्।

कुल सञ्चालक समितिको बैठक भन्ता ११ लाख ७६ हजार रुपैयाँ प्राप्त गरेका छन्।

8125
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?