जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • मन्त्रिपरिषद् बैठकका १२ निर्णय: नयाँ नियुक्ति, भ्रमण स्वीकृतिदेखि कैद मिनाहा सिफारिससम्म

मन्त्रिपरिषद् बैठकका १२ निर्णय: नयाँ नियुक्ति, भ्रमण स्वीकृतिदेखि कैद मिनाहा सिफारिससम्म

मन्त्रिपरिषदको यही जेठ १३ गते र आज १४ गते बसेको बैठकले नागकिरता विधेयक प्रमाणिकरण गर्न राष्ट्रपतिलाई अनुरोध गर्नेदेखि काराकारमा रहेका रेशम चौधरीको आम माफीका लागिसमेत सिफारिस गर्ने निर्णय गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माका अनुसार भोलि पनि मन्त्रिपरिषद बैठक रहेको र सो बैठकले बजेट पारित तथा प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डा पारित गर्नेछ ।

मन्त्रिपरिषदको बैठकका निर्णय जानकारी गराउने क्रममा मन्त्री शर्माले उर्जा, सीमाका विषयहरु, सरसफाईका विषयहरु भ्रमणका एजेण्डा रहेको बताइन् ।

यी हुन् मन्त्रिपरिषदका निर्णय

१,अर्थमन्त्रालयको प्रस्तावमा तनहुँ जलविद्युत आयोजना, उर्जा प्रणाली विस्तार आयोजना ग्रिड विकास आयोजना र नेपाल वितरण प्रणाली स्तरोन्नति तथा विस्तार आयोजनाको विओआर सन्दर्भ र दर अनुसारको व्याजदर निर्धारण गर्ने व्यवस्थाको सट्टा फरर्वाड लुकिङ्स टम्स एसओएफआरका आधारमा व्याजदर निर्धारण गर्ने गरी वित्तीय सम्झौतामा संसोधन गर्न स्वीकृति प्रदान गर्ने।

२,उद्योग, वार्णिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा जेठ ३० देखि ३२ सम्म भारतको कोलकातामा आयोजना हुने विमिष्टेक व्यापार सम्मेलनमा सहभागिताका लागि उद्योग वार्णिज्य तथा आपूतिमन्त्री रमेश रिजाल नेतृत्वका भ्रमण स्वीकृत गर्ने ।

३,परराष्ट्र मन्त्रालयको प्रस्तावमा विमिष्टेकको भविश्यको कार्यदिशाका लागि प्रभुत्व व्यक्तिहरुको समूहमा नेपालकातर्फबाट पूर्वराजदुत दुर्गाप्रसाद भट्टराईलाई पठाउन परराष्ट्र मन्त्रालयलाई स्वीकृति दिने ।

४,शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा रासायनिक पदार्थको सुरक्षित प्रयोग, नियमन तथा जोखिम व्यवस्थापनसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृत दिने ।

५,सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा कीर्तिपुरका उपेश महर्जनलाई गोरखापत्रको सम्पादक सल्लाहकारमा नियुक्ती गर्ने ।

६,शहरी विकास मन्त्रालयको प्रस्तावमा २०८० जेठ २२ देखि २६ सम्म केन्याको नैरबीमा आयोजना हुने युनाइटेड नेशन ह्याविटेड एसेम्ब्लीमा शहरी विकासमन्त्री सीता गुरुङलाई सहभागि हुन स्वीकृत दिने ।

७,दुबै सदनबाट पारित भएको विचाराधिन नागकिरता विधेयकका विषयमा प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष अनुरोध गर्ने ।

 आजको बैठक 

१,प्रधानमन्त्री तथा मन्त्रीपरिषदका कार्यालयको प्रस्तावमा योजना आयोगको रिक्त सदस्य पदमा अनिता ढुंगानालाई नियुक्त गर्ने ।

२,अर्थमन्त्रलयको प्रस्तावमा क्यानडामा भदौ ५ देखि ९ आयोजना हुने विश्व वातावरण सुविधाको सातौँ बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतको नेतृत्वमा सहभागि टोलीलाई  स्वीकृत प्रदान गर्ने

३,वन मन्त्रालयको प्रस्तावमा सिन्धुलीमाढीभुमेस्थानचकमकेउदयपुरकटारी क्षेत्रको सडक विस्तारका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने ।

४,मध्यतमोर जलविद्युत आयोजनको प्रसारणलाइन निर्माणका लगि ताप्लेजुङ जिल्लाको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने ।

५, गणतन्त्र दिवसका सन्दर्भमा कैदीहरुको सजायँ माफी । त्यसमा मुख्य निर्णय रेशमलाल चौधरीको कैद मिनाहा गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने।

1120
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका