गरिमा विकास बैंकले गत आवको नाफाबाट शेयरधनीलाई १७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । १६ दशमलव १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८५ प्रतिशत नगद लाभांश(कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव गरेको हो ।
यो प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृती पाएपछि र बैंकको आगामी साधारण सभाबाट पारीत भएपछि शेयरधनीले पाउनेछन् । बैंकको कात्तिक १४ गते बसेको सञ्चालक समितीको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल बैंकको चुक्ता पूँजी २ अर्ब ७८ करोड रुपैयाँ रहेको छ । १६ दशमलव १५ प्रतिशत बोनस शेयर वितरण पछि पूँजी ३ अर्ब २३ करोड रुपैयाँ पुग्नेछ ।