जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • स्टक एक्सचेन्जमा दुई बैंकसहित सञ्चय कोषको प्रवेश

स्टक एक्सचेन्जमा दुई बैंकसहित सञ्चय कोषको प्रवेश

नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा कर्मचारी सञ्चय कोषसहित दुई बैंकको प्रबेश हुने भएको छ। राष्ट्र बैंकले बिक्री गरेको शेयर खरिद गर्दै उनीहरु नेप्सेमा प्रवेश गर्न लागेका हुन्।

नेप्सेको शेयर खरिद गर्दै प्रभु बैंक र लक्ष्मी बैंकले प्रवेश गरेका हुन्। नेपाल राष्ट्र बैंकले बोलकबोल मार्फत बिक्री गरेको नेप्सेको शेयर औपचारिक रूपमा खरिद गर्ने कम्पनीको नाममा नामसारी हुने भएको छ।

उक्त शेयर ओभर द काउन्टर (ओटिसि)मार्फत नामसारी हुने भएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले जानकारी दिए।
उनीहरुको नाममा शेयर नामसारी भए लगत्तै  नेप्सेमा औपचारिक प्रवेश हुने छ।

खरिद गर्ने कम्पनीको नाममा नामसारी गर्न औपचारिक पत्र प्राप्त भएकोले उनीहरूको नाममा नामसारी गर्न लागिएको  प्रमुख कार्यकारी अधिकृत साउदले बताए।

नेप्सेमा रहेको केन्द्रीय बैंकको उक्त शेयर कर्मचारी सञ्चय कोष, लक्ष्मी बैक र प्रभु बैकको नाममा नामसारी हुने भएको छ।

कर्मचारी सञ्चय कोषको नाममा पाँच लाख कित्ता नामसारी हुने छ। उसले एक हजार ३२ रुपैयाँका दरमा १० प्रतिशत शेयर बोलकबोल मार्फत खरिद गरेको थियो।

प्रभु बैंकले पाँच प्रतिशत हुन आउने दुई लाख ५० हजार कित्ता शेयर १३ रुपैयाँका दरले खरिद गरेको छ भने लक्ष्मी बैकले ११ सय एक रुपैयाँका दरले दुई लाख ५० हजार कित्ता शेयर खरिद गरेको हो।

नेपाल राष्ट्र बैंकको नेप्सेमा रहेको ३४.६० प्रतिशत शेयर बोलकबोल मार्फत बिक्रीमा राखेको थियो। जसमा तीन बैंकले २० प्रतिशत शेयर बोलकबोल मार्फत खरिद गरेका हुन्। बाँकी रहेको शेयर केन्द्रीय बैंकले पून बोलकबोल मार्फत गर्ने जनाएको छ।

अब नेप्सेमा सरकारको ५८.६६ प्रतिशत, राष्ट्र बैकको १६.६० प्रतिशत, कर्मचारी सञ्चय कोषको १० प्रतिशत,प्रभु र लक्ष्मी बैंकको पाँच पाँच प्रतिशत, तत्कालीन एनआईडीसीको ६.१२ प्रतिशत र ब्रोकरसहित अन्यको ०.६२ प्रतिशत शेयर हिस्सा भएको छ।

10495
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका