जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • ज्योति विकास बैंकमा रोजगारकोअवसर

ज्योति विकास बैंकमा रोजगारकोअवसर

ज्योति विकास बैंकले ५ वटा पदका लागि ६० जना कर्मचारी माग गरेको छ। बैंकले केन्द्रीय कार्यालयका लागि ३० जना अफिसर माग गरेको छ। कम्तीमा स्नातक पास गरि एक वर्षको कार्यानुभव भएकाले आवेदन दिन सक्ने बैंकले जनाएको छ।

त्यस्तै १२ वटा शाखा कार्यालयको लागि ब्रान्च म्यानेजर माग गरेको छ। बैंकले उपत्यकाभित्र तथा बाहिरका जिल्लामा स्थापना भएका शाखा कार्यालयका लागि कर्मचारी आह्वान गरेको हो। रिलेसनसीप म्यानेजर पदका लागि १५ जना कर्मचारी माग गरिएको छ।यो पदका लागि कम्तीमा स्नातक पासगरि दुई वर्षको कार्यानुभव हुनु पर्नेछ।

आन्तरिक लेखापरीक्षक लागि ८ जना माग गरिएको छ। चार्टर्ड एकाउन्टेन्टमा इन्टरमिडिएट गरि स्नातक उत्तीर्ण गरेकाले दिनसक्ने बैंकले जनाएको छ।बैंकका अनुसार पाँच जना चार्टर्ड एकाउन्टेन्ट माग गरिएको छ।इच्छुक आवेदकले अवको १५ दिनभित्र अनलाइनबाट आवदेन दिन सक्ने छन्। बैंकको वेवसाइटमा गएर निवेदन दिन सक्छन्।

13955
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका