जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • लक्ष्मी बैंक खुल्ला गल्फ प्रतियोगिता २०१९

लक्ष्मी बैंक खुल्ला गल्फ प्रतियोगिता २०१९

लक्ष्मी बैंकले ग्लेनिगलमा डिजाइन गरीएको गोकर्ण गोल्फ क्लबमा “लक्ष्मी बैंक खुल्ला गल्फ २०१९” आगामी शनिबार, ९ नोभेम्बर २०१९ मा आयोजना गर्न गईरहेको छ । यो लक्ष्मी बैंकले २०१४ देखी गर्दै आएको बार्षिक प्रतियोगिताको छटा्रैँ संस्करण हो जुन नेपालको एक प्रमुख एमेच्योर गल्फ प्रतियोगिता हुन पुगेको छ ।

यो प्रतियोगिता स्ट्यान्डफोर्ड फम्र्याटमा ३/४ ह्यान्डिक्यापमा खेलिने छ । १०० भन्दा बढी खेलाडीहरु सहभागी हुने यस खेलमा पुरुष, महिला, जेष्ठ नागरिक ६० वर्षभन्दा ज्यादा उमेरका व्यक्ति तथा १७ वर्षभन्दा कम उमेर समूहहरुमा उपाधि प्रदान गरिनेछ ।

पुरस्कार मुख्य विजेता, रनर अप, वेस्ट ग्रस, महिला विजेता, जेष्ठ नागरिक विजेता (६० तथा सोभन्दा माथि) सिनियर रनर अप, विनर गेष्ट समूह, जुनियर विजेता, लङ्गेस्ट ड्राइभ, क्लोजेस्ट टु पिन तथा मोस्ट ब्राइड्स जस्ता समूहमा प्रदान गरिनेछ ।

यसबाहेक, १०औं होलमा होल-इन-वन बनाउने खेलाडीहरुलाई ह्युन्डाई कोना गाडी प्रदान गरिने छ ।

7900
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका