जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • लकडाउन खुकुलो बनाउने सरकारको निर्णय, सुरक्षा मापदण्ड अपनाएर सबै पसल खोल्न दिने

लकडाउन खुकुलो बनाउने सरकारको निर्णय, सुरक्षा मापदण्ड अपनाएर सबै पसल खोल्न दिने

सरकारले ७९ दिनपछि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सबै प्रकारका उद्योग व्यवसाय संचालन गर्न दिने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सबै प्रकारका व्यवसाय संचालन गर्न दिने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को निर्णय विहीबारदेखि कार्यान्वयनमा आउने स्रोतले बतायो। स्रोतका अनुसार बुधबार ढिला भएकाले विहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरिनेछ। लगातारको लकडाउनका कारण उद्योग व्यवसायनै तहसनहस भएको भन्दै अवज्ञा हुन थालेपछि सरकारले लकडाउन खुकुलो बनाएको हो।

सरकारले निजी सवारी साधन पनि जोरविजोरमा संचालन गर्न दिने निर्णय गरेको छ। मन्त्रिपरिषद् स्रोतका अनुसार संक्रमणका आधारमा मात्रै पसल संचालन र निजी सवारी साधन चल्न दिने निर्णय हुनेछ।

‘संक्रमण भएका ठाउँमा पसल र निजी सवारी साधन संचालनमा पनि कडाइनै हुनेछ’, स्रोतले भन्यो, ‘विभिन्न मन्त्रालयले सरोकारवाला र विज्ञसँग छलफल गरेर तयार पारेको मापदण्ड कार्यान्वयनमा ल्याएर पसल र निजी सवारी साधन संचालन गर्न दिइनेछ।’ स्रोतका अनुसार एक जिल्लाबाट अर्को जिल्लामा निजी सवारी साधन चलाउन प्रतिवन्ध कायमै छ। स्रोतका अनुसार सिनेमा हल, विद्यालय र कलेज संचालनमा पनि प्रतिवन्ध कायमै छ।

विदेशमा रहेका नेपाली उद्दारका लागि आन्तरिक वायुसेवा कम्पनीलाई प्राथमिकतामा राख्नेगरी पनि निर्णय भएको छ। कोरोनाका कारण स्थगित भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) नगर्ने निर्णय सरकारले गरेको छ।

बैठकले आन्तरिक मूल्याङ्कनबाट स्तरवृद्धि गर्नेगरि परीक्षा नलिने निर्णय गरेको हो। कक्षा ११ को अन्तिम परीक्षाा पनि नलिने निर्णय भएको छ।शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको प्रस्तावमा एसईई नगर्ने निर्णय भएको हो। अब आन्तरिक मूल्याङ्कनका आधारमा स्तरवृद्धि गरिनेछ।

स्तरवृद्धिको सिफारिसलाई राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गर्नेगरी परीक्षा नलिने निर्णय भएको निर्णय सरकारले गरेको स्रोतले जानकारी दियो।निजी विद्यालयका संगठनहरुले आन्तरिक मूल्याङ्कनलाई आधार मान्न आग्रह गरिरहेका थिए।

8480
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका