जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • मेगा बैंक नेपालले नयाँ सुविधासहित ‘मेगा लोकप्रिय बचत खाता’ सञ्चालनमा

मेगा बैंक नेपालले नयाँ सुविधासहित ‘मेगा लोकप्रिय बचत खाता’ सञ्चालनमा

मेगा बैंक नेपालले नयाँ सुविधासहित ‘मेगा लोकप्रिय बचत खाता’ सञ्चालनमा ल्याएको छ। यो खाता खोल्दा एनसेलको सिमकार्ड निःशुल्क प्राप्त हुने छ।

“शुन्य मौज्दात” मा नै खोल्न सकिने बचत खातामा मेगा बैंकका लागि ‘कस्टमाइज्ड’ गरिएको सुविधाहरु सहितको सिमकार्ड निःशुल्क प्राप्त हुने छ। ‘बचतको फाइदासँगै थप आकर्षक सुविधाहरु दिन तथा साथीभाइ र आफन्तसँगको सम्बन्ध थप प्रगाढ बनोस् भन्ने उद्देश्यले अफर ल्याएइएको हो,’ बैंकको विज्ञप्तिमा उल्लेख छ।

यसका लागि बैंक र एनसेलबीच सम्झौतासमेत भएको छ। बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्बीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

प्रिलोडेड रुपमा रहेको ५०० एमबी डाटा (इन्टरनेट), ५० मिनेट टक टाइम तथा ५० एसएमएस प्याकेज भएको एनसेलको सिमकार्ड नयाँ खाता खोल्नेले पाउने छन्। यो निक्षेप योजना अन्तर्गत मेगा स्मार्ट मोबाइल बैंकिङ सुविधा निशुल्क उपलब्ध हुने छ। यसरी पाइने सिम कार्डबाट बैंकको मेगा स्मार्ट मोबाइल बैंकिङ र मेगा अनलाइन बैंकिङको प्रयोग गर्न अनलिमिटेड इन्टरनेट सुविधा निःशुल्क उपलब्ध हुनेछ।

‘मेगा लोकप्रिय बचत खाता’ खोल्ना साथ ग्राहकले प्राप्त गर्ने सिम कार्डमा मासिक एक सय रुपैयाँ मात्र रिचार्ज गर्ना साथ सम्पूर्ण प्याकेजसहितको सेवाको निरन्तरता हुने विज्ञप्तिमा उल्लेख छ।

8965
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका