जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१

सुस्तायो घरजग्गा कारोबार

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को पहिलो चार महिनामा घरजग्गाको कारोबार ५२ प्रतिशतले कम भएको छ । यो वर्ष चार महिनामा कुल १ लाख २२ हजार २८२ लिखत पास भएका छन् । गत आर्थिक २०७८/७९ को यस्तै अवधिमा यस्तो संख्या २ लाख ५४ हजार ८१७ थियो ।

विभागका अनुसार कात्तिक महिनामा घरजग्गाको कारोबारमा थप सुस्ताएको छ । गत कात्तिक महिनामा गत २०७८ को कात्तिकमा तुलनामा जग्गाको कारोबार करिब ४४.२२ प्रतिशतले घटेको छ ।

विभागका अनुसार बितेको कात्तिक महिनामा २७ हजार ९३९ लिखत (रजिस्ट्रेसन) पास भएका छन् । गतवर्ष कात्तिक महिनामा ५० हजार ८३ वटा लिखत पारित भएका थिए । तरलता अभाव उच्च भएको र भू–उपयोगको नीतिअनुसार वर्गीकरण भएका जग्गा मात्रै किनबेच र कित्ताकाट हुने नीति कार्यान्वनमा रहेको अवस्थामा चालु आर्थिक वर्ष २०७९÷८० लागेदेखि नै घरजग्गाको कारोबार ओरालोतिर छ ।

गत असोज महिनामा २५ हजार ७८९ मात्रै लिखत (रजिस्ट्रेसन) पास भएका थिए । त्यसअघि साउन र भदौमा मात्रै ६८ हजार ५५४ वटा लिखत पारित भएका थिए ।

जग्गाको कारोबार घट्दा करिब एक अर्ब राजस्व कम उठेको छ । असोजमा भएको घरजग्गा कारोबारबाट ३ अर्ब ७ करोड रुपैयाँ राजस्व संकलन भएको छ । जबकी अघिल्लो वर्षको कात्तिकमा यस्तो राजस्व ५ अर्ब ४९ करोड थियो ।

घरजग्गाको मन्दी देशभर नै छ । धेरै स्थानीय तहले जग्गाको वर्गीकरण नगरेकाले जग्गा किनबेच गर्न चाहानेलाई पनि समस्या भएको घरजग्गा व्यवसायीहरु बताउँछन् ।

1615
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?