जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • त्रिभुवन विमानस्थलमा श्री एयरलायन्स र यति एयरलायन्स ठोकिए

त्रिभुवन विमानस्थलमा श्री एयरलायन्स र यति एयरलायन्स ठोकिए

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुई वटा विमान एकापसमा ठोक्किएका छन् । विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ गर्ने बेलामा श्री एयरलायन्सको विमानले यति एयरलायन्सको विमानलाई पछाडिबाट ठक्कर दिएको छ ।

बिमानस्थालका प्रत्यक्षदर्शिका अनुसार श्री एयरलायन्सको लापरर्वाहीका कारण यति एयरलाईसको विमानमा ठोक्किन पुगेको बताइएको छ ।विराटनगरबाट आएको श्रीको जहाज पार्किङमा लैजाँदै गर्दा यतिको जहाजलाई ठक्कर दिएका कारण दुबैको  विमानमा सामान्य क्षति भएको छ।

शुक्रबार दिउँसो श्री एयरलायन्स र यति एयरलायन्सको जहाज ठोक्किँदा दुवै जहाजमा सामान्य क्षति भएको विमानस्थल स्रोतले बताएको छ ।

विमानस्थलका प्रवक्ता प्रताप बाबू तिवारीका अनुसार श्री एयरलायन्सको सिटिआरजे ७०० र यति एयरलायन्सको एटिआर ७२ विमानस्थलको पार्किङस्थलमा ठोक्किएका हुन् ।

6705
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?