जोडिनुहोस
बिहिबार, बैशाख ६, २०८१
बिहिबार, बैशाख ६, २०८१

हालको खबर

  • होमपेज
  • नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा गोल्छा पक्का

नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा गोल्छा पक्का

वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष बन्ने प्रावधान संशोधन गर्ने उदेश्यसहित कात्तिक २९ गते बोलाइएको नेपाल उद्योग वाणिज्य महासंघको विशेष साधारणसभा स्थगित हुने भएको छ।

शुक्रबार बसेको विधान संशोधन समितिको बैठकले प्रकृया पूरा नगरि विधान संशोधन अघि बढाइएको भन्दै आएको फरकमतलाई आधार मानेर विशेष साधारणसभा स्थगित गरिएको हो।

विधान संशोधन समितिका संयोजक चण्डीराज ढकालको अध्यक्षतामा बसेको बैठकले विशेष साधारणसभा स्थगितको निर्णय गरेको हो। समितिले स्थगितको प्रस्तावलाई आइतबार चार बजे बस्ने स्थायी समिति बैठकले अनुमोदन गरेपछि औपचारिक निर्णय हुनेछ।

विधान संशोधन स्थगित भएपछि वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्ने बाटो खुल्ला भएको छ। विधान संशोधनको रस्साकस्सीले महासंघको राजनीतिक केही महिनादेखि तातेको थियो। विधान संशोधनको विपक्षमा महासंघका निर्वतमान अध्यक्ष पशुपति मुरारकासहितको पदाधिकारी एकातर्फ थिए भने चण्डीसहित जिल्ला/नगर उपाध्यक्ष किशोरकुमार प्रधान र उमेशलाल श्रेष्ठको समूह अर्कोतर्फ विभाजित भएका थिए भने एशोसिएट उपाध्यक्ष चन्द्रप्रसाद ढकाल भने कतैपट्टि पनि ढल्किएका थिएनन्।

विशेष साधारणसभा बोलाउने प्रकृयामा निर्वतमान अध्यक्ष मुरारका, गोल्छा,रञ्जित आचार्य,कृष्णप्रसाद दुलाल, विजय वैद्य लगायतका ८ जनाले फरकमत राखेका थिए। दशैंअघि सम्म दुई पक्षबीच विधान संशोधनको पक्ष र विपक्षमा पानी बाराबारको स्थिती थियो।

तर दशैंपछि मुरारका र ढकाल पक्षबीच भएको ‘गोप्य’ छलफलमा सहमति भएको थियो। त्यो सहमतिपछि विधान संशोधनको विपक्षमा किशोर समेत देखिएका थिए। दशैं अघिसम्म अध्यक्षको निर्वाचन हुनुपर्ने पक्षमा देखिएका किशोरले एकाएक क्याम्प परिवर्तन गर्दै कुनै हालतमा अध्यक्षको निर्वाचनमा जान नहुने अडानमा थिए।

महासंघको राजनीतिमा चण्डीराज ढकालको रजगज चलेको धेरै वर्ष भइसकेको छ। अहिलेसम्म पनि ढकालले चाहेको निर्णय गराइ छाड्छन् भन्ने छ।

तर महासंघको राजनीतिमा ढकाल आएको धेरै वर्षपछि आएका मुरारका समेत पछिल्लो समयमा हाबी देखिएका छन्। मुरारका समूह हाँकेका पशुपतिले महासंघभित्र जायन्ट फिगर भनेर चिनिएका भाष्करराज राजकर्णिकारलाई समेत पन्छाएर महासंघको नेतृत्वमा आए।

संचारमाध्यमबाट महासंघको राजनीतिमा जरा गाडेर बसेका भाष्करको राजनीतिलाई पूर्ण विराम मात्रै लगाएनन् आफूले चाहेको सहयात्री शेखरलाई समेत अध्यक्ष बनाउन मुरारका सफल भए। शेखर अध्यक्ष भएसँगै भाबी अध्यक्ष कसलाई बनाउने भन्ने भूमिकामा मुरारकानै रहने निश्चित छ। ठूलो व्यापारी भएपनि साधारण उद्योगीको हैसियतमा रमाउने मुरारका अझै केही वर्ष महासंघको राजनीतिको केन्द्रमा रहनेछन्।

10490
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?