जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • एनएमबिले ल्यायो एआईमा आधारित भिडीयो केवाईसी, नेपाली बैकिङ्ग जगतमै पहिलो

एनएमबिले ल्यायो एआईमा आधारित भिडीयो केवाईसी, नेपाली बैकिङ्ग जगतमै पहिलो

एनएमबि बैंक NMB Bank Limited  ले नेपाल मै पहिलो पटक भिडियो कल मार्फत खाता खोल्न सकिने सुविधा ल्याएको छ। बैंकले AI मा आधारित रहेको यो सेवा मार्फत ग्राहकले एक भिडियो कलको आधारमा ५ मिनेटमै देश वा विदेशमै रही खाता खोली कारोवार गर्न सकिने बैंकले जनाएको छ।

नेपाली बैंकिङ्ग जगतमै शुरु देखी अन्त्यसम्मको पुर्ण डिजीटल रुपमा खाता खोल्ने प्रक्रिया शुरु गर्ने आफु पहिलो बैंक भएको एनएमबिले उल्लेख गरेको छ। ग्राहकहरूले एनएमबिमा भिडियो कल मार्फत अनलाइन नयाँ खाता खोल्न यस डिजिटल सेवाप्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा/अपडेट गर्न सक्ने बैंकले जनाएको छ।

 vcc.nmb.com.np मा गई खाता खोल्न सकिने बैंकले उल्लेख गरेको छ । ”एनएमबिले ग्राहकहरूको लागी नेपालमा डिजिटल बैंकिङ्गको अनुभवमा परिवर्तनको शुरुवात गर्दैछ । ग्राहकहरुले अब मोबाइल र इन्टरनेट बैंकिङ्गको परम्परागत उपयोगको परिधि भन्दामाथी उठेर बैंकसम्म नधाईकनै मुख्य बैंकिङ्ग गतिविधिहरु संचालन गर्न सक्दछन । हालको परिवेशमा पनि यस प्रकारको सेवाले हाम्रा ग्राहकहरूको लागि घरमै बसी चैकिङ्ग कारोवार सहज बनाउनुको साथै सबै प्रकारको म्यानुअल कामलाई निर्मल पार्दै पारदर्शिता, त्रुटिरहित र कागज विहीन बैंकिङ्ग प्रदान गर्दछ जुन बैंकको ग्लोबल एलायन्स फर भ्याल बेस्ड बैंकिङ्गका सदस्यको नाताले वातावरण मैत्री बैकिङ्ग प्रति प्रतिबद्धता परिपुर्ति गर्नु रहेको छ”, बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

4625
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका