जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष ज्योतिलाई पक्राउ गर्न अदालतको आदेश

उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष ज्योतिलाई पक्राउ गर्न अदालतको आदेश

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहेका व्यवसायी पद्म ज्योतिलाई पक्राउ गर्न अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजालसले ज्योतिलाई पक्राउ गर्न आदेश दिएको अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले क्लिकमाण्डूलाई जानकारी दिए ।

ल्यान्डमार्क हाउजिङ सम्बन्धी ठगी आरोपयमा यसअघि नै पद्म ज्योतिका भाई डा. रुप ज्योति र उनकी छोरी सुरुचिलाई प्रहरीले कात्तिक २१ गते पक्राउ गरेको थियो ।

पक्राउ परेका बाबु छोरीलाई कात्तिक २४ गते अदालतले ५ दिन थुनामा राख्न आदेश दिएको थियो । त्यसअघि ३ दिनको म्याद थप गरिएको थियो ।

उनीहरु विरुद्ध घरजग्गा सम्बन्धी ठगी मुद्दा थियो । करिब ८० वर्षको व्यवसायिक विरासत बोकेको ज्योति परिवारमाथि १ करोड ३६ लाख रुपैयाँ ठगीको आरोप छ ।

यो मुद्दामा ज्योतिका बाबुछोरीसहित ज्योति परिवारका ९ जना प्रतिवादी छन् । अदालतले अन्य प्रतिवादीमध्येका एक पद्म ज्योतिलाई पक्राउ गर्न आदेश दिएको हो ।

कम्पनीले बाँसबारीमा रहेको ६ रोपनी ११ आना जग्गालाई कोलनीको रुपमा विकास गर्ने योजना अनुरुप बुकिङ आव्हान समेत गर्यो । २०७१ सालमा ल्याण्डमार्क हाउजिङलाई बिजेन्द्र मल्लले १ करोड ३६ लाख रुपैयाँ दिए ।

सम्झौता अनुसार ६ आना ३ दाममा साढे २ तलाको घर बनाएर कम्पनीले दिनुपर्ने थियो । ल्याण्डमार्कले घर बनाउने जिम्मा सीई कन्सट्रक्सनलाई दिएको थियो ।

तर, ज्योति समूहले सम्झौता अनुसार हाउजिङ दिन सकेन । र, मल्लले गत वर्षको मंसिर १६ गते महानगरिय प्रहरीमा परिसरमा ठगीको मुद्दा दायर गरेका थिए ।

4585
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?