जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • राष्ट्र बैंकको चेतावनीविपरीत काठमाडौंमा दुबई प्रोपर्टी शो

राष्ट्र बैंकको चेतावनीविपरीत काठमाडौंमा दुबई प्रोपर्टी शो

नेपाल राष्ट्र बैंकको चेतावनीविपरीत दुबईको द म्याक नामक कम्पनीले काठमाडौंमा गैरकानूनी रूपमा ‘दुबई प्रोपर्टी शो’ आयोजना गरिरहेको पाइएको छ।

शनिबार र आइतबार काठमाडौंको सोल्टी होटलमा यो कार्यक्रम भइरहेको छ। स्रोतका अनुसार अहिले उक्त कार्यक्रम होटल सोल्टीमा निर्वाध रुपमा सञ्चालन भइरहेको छ।

नेपालमा बसोबास गर्ने कुनै पनि नेपाल नागरिकले विदेशमा घरजग्गा, धितोपत्र, सम्पत्ति खरिद गर्न र विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गर्न पूर्ण बन्देज लगाइएको छ।

पुँजीगत प्रकृतिका यस्ता कारोबारको प्रचार प्रसार समेत गर्न नपाइने कानूनी व्यवस्था छ। यसविपरीत दुबईको कम्पनीले राष्ट्र बैंकले तोकिदिएको व्यवस्थाबमोजिम बाहेक विदेश पैसा लैजान पाइँदैन।

लक्जरी अपार्टमेन्ट, टाउन हाउस र भिल्ला उक्त मेलामा ५ प्रतिशत रकम दिएर बुकिङ खोल्ने भन्दै उक्त कम्पनीले आक्रामक रूपमा तयारी गरिरहेको छ।

NRB-notice_on-investment-outside-nation.jpg

उक्त कम्पनीले घर खरिद गर्नेलाई युएईको १० वर्षे गोल्डेन भिसादेखि बैंकिङ कर्जाको सुविधा दिने जनाएको छ। प्रोपर्टी बुकिङ मात्रै गरे दुई जनालाई ३ रात ४ दिन दुबई लैजाने उल्लेख गरेको छ।

राष्ट्र बैंकको विदेशी विनियम व्यवस्थापन विभागका कार्यकारी निर्देशक रामु पौडेलले विदेशी विनियम (नियमित गर्ने) ऐन, २०१९ ले बञ्चित गरेका कुनै पनि गतिविधि गर्न नपाइने बिजमाण्डूसँग केही समय अघि बताएका थिए।

‘कानूनले के-के गर्न पाइन्छ र राष्ट्र बैंकबाट स्वीकृति लिएकोबाहेक अन्य केही गर्न पाइँदैन। विदेशी मुद्रा सञ्चितिलाई संरक्षण गर्न कानून विपरीतको काम राष्ट्र बैंकले रोक्छ। हामीले कुनै पनि संस्थालाई विदेशी विनियम नियमित गर्ने ऐनले रोकेका कार्यक्रम गर्न स्वीकृति दिएका छैनौं। राष्ट्र बैंकले त्यस्ता गतिविधिलाई रोक्छ,’ उनले भनेका थिए।

तर, निर्वाधरूपमा काठमाडौंमै गैरकानूनी गतिविधि हुँदा समेत राष्ट्र बैंक मौन बसेको छ। केही वर्षदेखि विभिन्न कम्पनीहरुले यस्ता प्रकारका गतिविधि गर्दै आएका छन्। तर, रोकिएको छैन।

1660
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?