जोडिनुहोस
बुधबार, बैशाख ५, २०८१
बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • अन्नपूर्ण केबलकारको आईपीओ बजारमा आउँदैछ

Sticky Breaking News

अन्नपूर्ण केबलकारको आईपीओ बजारमा आउँदैछ

कालु गुरुङ, अध्यक्ष

अन्नपूर्ण केबलकारको आईपीओ बजारमा आउँदैछ

कालु गुरुङ अब चिनाई राख्नु पर्ने नाम होइन । कुनै जमानामा पोखरामा ट्याक्सी चालक  रहेका गुरुङ आज अर्बपति बनेका छन् । गुरुङ कै नेतृत्वमा पर्यटकीय नगरी पोखराको सारङकोटमा अन्नपूर्ण केबुलकार निर्माण भई सञ्चालनमा आएको छ । नेपालमा सञ्चालित केबलकारहरु मध्ये अन्नपूर्ण केबलकार जापानीज (विदेशी) लगानी भएको पहिलो केबलकार पनि हो । अन्नपूर्ण केबलकारले निकट भविष्यमै २० प्रतिशत साधारण शेयर सर्वसाधारण जनताहरुका लागि जारी गर्दैछ । यी र यस्तै विषयमा केन्द्रित रहेर आर्थिक बजार मासिकका सम्पादक भूपेन्द्र आचार्यले गरेको कुराकानीको केही अंश)

० सन्चै हुनुहुन्छ ?
आजका दिनसम्म भगवानको कृपा र तपाईहरुको मायाले बाँचेको छु सच्चै छु । तर अर्थतन्त्र विरामी छ भन्ने सुनेको छु नि ।

० ट्याक्सी चालक देखि अर्बैको अन्नपूर्ण केबलकार प्रा.लि.को अध्यक्ष बन्दा कस्तो लागेको छ ?
जीवन एउटा कथाको पाना जस्तै हो । परिश्रम, मेहनत कै कारण त्यो ठाउँबाट यो अवस्थामा पुगेको छु । मेरो लागि खुशीको कुरा हो । आत्म विश्वासका साथ लगातार अगाडी बढेर दृढ भएर काम गर्दा एउटा सफलता सबैले पाउनु हुनेछ । म त एउटा उदाहरण मात्रै हुन नि ।

० अन्नपूर्ण केबलकारमा के कस्ता लगानीकर्ता हुनुहुन्छ त ?
नेपालमा सञ्चालित केबलकारहरु मध्ये विदेशी लगानी भएको अन्नपूर्ण केबलकार मात्रै हो । यति मात्रै होइन नेपाली तपाई हामी जस्ता लगानीकर्ताको पनि यसमा ठुलो मेहनत र परिश्रम छ । यो पोखरा पर्यटकीयनगरीको एउटा सुन्दरता पनि हो ।

० केबलकार निर्माणकै क्रममा जग्गाबारे केही कुरा बाहिर आएका थिए यो चाहि के हो नि ?
अत्यन्तै राम्रो प्रश्न सोध्नु भयो । नेपालमा बनेका केबलकारहरु भन्दा यो फरक छ । जग्गाको बारेमा भन्दा फरक नपर्ला । किनभने केबलकारको जग्गा हाम्रो आफ्नै स्वामित्वमा छ । यो लिजमा लिएको सम्पत्ती होइन । अनलिमिटेड लाईसेन्स राज्यले दिएको प्रोजेक्ट हो भन्दा फरक पर्दैन ।

० अन्नपूर्ण केबलकारको साधारण शेयर (आईपीओ) सर्वसाधारण जनतामा लैजाने तयारी चाहि के छ त अध्यक्षज्यू ?
अर्को महत्वपूर्ण प्रश्न सोध्नु भयो निकट भविष्यमै २० प्रतिशत अन्नपूर्ण केबलकारको साधारण शेयर हामी जारी गर्दैछौं । यसको प्रकृया शुरु भईसकेको छ । १०० रुपैया अंकितका दरले आईपीओ जनताले पाउने छन् । हालै मुक्तिनाथ क्यापिटल प्रा.लि.लाई अन्नपूर्ण केबलकारले आईपीओ निश्काशनको विक्री प्रवन्धकमा नियुक्त गर्ने सम्झौता सम्पन्न गरेका छौ ।

० हाल अन्नपूर्ण केबलकारको कति सख्यामा साधारण शेयर सर्वसाधारण जनतामा लैजादै हुनुहुन्छ ?
अन्नपूर्ण केबलकार नेपालमा सञ्चालित केबलकार मध्ये हिम श्रृखलाको सबैभन्दा नजिक र विदेशी लगानी भएको कम्पनी हो । १ अर्ब ५५ करोड रुपैयाको २० प्रतिशतले हुने ३१ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दा तथा सर्वसाधारणहरुलाई समेत विक्री गर्न लागेका छौं ।

० अन्नपूर्ण केबलकारको निर्माण लागत चाहि कति थियो र कर्जा कति छ । यो पनि बताईदिनुहोस न ?
जसको निर्माण लागत १ अर्ब ९७ करोड रुपैया छ भने हाम्रो कम्पनीका संस्थापकहरुले सुृरुमा इक्वीटीमा ९० करोड लगानी गर्नु भएको थियो । अन्नपूर्ण केबलकार निर्माणका लागि बैंकहरुबाट १ अर्ब ७ करोड कर्जा लिएका छौं नि ।

० केबलबारको निर्माणसंगै सारङ्कोटमा के कस्ता सुविधा छन् त ?
सबै सुविधा पाउनु हुनेछ । पाँचतारे होटलदेखि सामान्य होटलहरु छन् । पोखरामा भएका सबै सुविधा त्यस ठाउँमा पनि पाइन्छ नि ।

० अन्नपूर्ण केबलकारलाई सरकारले राष्ट्रिय गौरबको आयोजना भित्र राखेको छ भनिन्छ यो सत्य हो ?
अर्को महत्वपूर्ण प्रश्न सोध्नु भयो, नेपालका केबलकारहरुमा यो अन्नपूर्ण केबलकार राष्ट्रिय गौरबको आयोजना भित्र पर्दछ । अहिले नाफा त छैन तर। अप्रेटिङ कष्ट चाहि उठेको छ नि ।

 

० सूर्योदय र सूर्यास्त दुबै हेर्न अन्नपूर्ण केबलकारले सेवा दिएको छ भनिन्छ । यो सत्य हो ?
हामीले विहान ५ बजे सूर्योदर्शनको लागि र सूर्यास्त हेर्न साँझ ५ बजेसम्म सेवा दिएका छौं ।

० भनिन्छ निकट भविष्यमा पञ्चमुखे गणेशको मुर्ति माथिल्लो स्टेसन साराङकोटमा स्थापना गर्ने काम भएको छ । यो सत्य हो ।
हो केवलकारको माथिल्लो स्टेसन सराङकोटमा अहिले पञ्चमुखे गणेशको मूर्ति निर्माण भइरहेको छ । मूर्ति ४८ फिट अग्लो र ४४ फिट चौडाइ छ । यो मूर्ति विश्वकै ठूलोमध्येको एक हो । यसबाहेक भ्यु टावर, मूर्तिसहित अन्य संरचना आगामी ६ महिनाभित्र निर्माण सम्पन्न गर्ने योजना छ । केवलकार चढेर सराङकोटबाट सूर्योदय, सूर्यास्त तथा हिमालको दृश्य हेर्न सकिन्छ ।
अर्को कुरा २०७८ फागुनदेखि सञ्चालनमा आएको केवलकारमा क्याबिनसहित १८ वटा गोन्डोला छन् । केवलकारको सुरुको स्टेसनदेखि अन्तिमसम्म १३ वटा टावर छन् । एउटा गोन्डोलामा ८ जनाले यात्रा गर्न मिल्छ । एक घण्टामा ५ सय जना यात्रुले यात्रा गर्न मिल्ने छ । नयाँ पर्यटकीय गन्तव्यका रूपमा थपिएको अन्नपूर्ण केवलकार पोखराले चैत्र १ गतेबाट बिहान ५ बजेदेखि सेवा सञ्चालनमा ल्याएको छ । पोखरा महानगरपालिका–१८ को सेदी बगरमा निर्माण भएको अन्नपूर्ण केवलकार चैत्र १ गतेबाट बिहान ५ बजेदेखि सांझ ६ बजेसम्म संचालनमा ल्याएका छौं नि ।

० केबलकारमा यात्रा गर्न शुल्क चाहि के छ अध्यक्षज्यू ?
नेपालीलाई सात सय रुपैयाँ, सार्क राष्ट्रका पर्यटकका लागि आठ सय र तेस्रो मुलुकका नागरिकका लागि नौ (९) डलर तोकिएको छ भने अन्नपूर्ण केवलकारमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिलाई ५० प्रतिशत छुटको सुविधासमेत उपलब्ध गराइएको छौ ।

० अन्नपूर्ण केबलकारको मूख्य विशेषता चाहि के होला ?
सन् १९९८ मा नेपालमा पहिलो पटक कुरिनटार–मनकामना जोड्ने केवलकार सञ्चालनमा आएको थियो । सन् २०१६ मा थानकोट–चन्द्रागिरी जोड्न केवलकार सञ्चालनमा ल्याइयो । गण्डकी प्रदेशमासमेत यसको आवश्यकता देखेर निजी क्षेत्रबाट नै केवलकारमा लगानी गरियो । जसको प्रतिफल अन्नपूर्ण केवलकार हो ।  केवलकार पोखराका लागि नौलो हो । पोखराको नयाँ पर्यटकीय गन्तव्य स्थापित गर्नसमेत यसमा लगानी भएको सत्य हो । केवलकार निर्माणले पोखराको आन्तरिक तथा बाह्य पर्यटनलाई प्रवर्द्धन गर्ने भएको छ । केही समय अघि पोखरामा एक जापानी नागरिक आएका थिए । पोखराको पर्यावरणमा आकर्षित हुँदै उनले केवलकारको आवश्यकता महसूस गरे । नेपालमा पर्यटन क्षेत्रमा लगानी गर्नेलाई उनले केवलकार निर्माण गर्न सुझाव दिए । सोही सुझाव बमोजिम आज निर्माण भएर अन्नपूर्ण केवलकार सञ्चालनमा आएको छ । भन्दा फरक पर्दैन ।
यसको विशेषता भन्दा चाहि फेवाताल वरिपरीका सुन्दर र हरिया डाँडाकाँडा, माछापुच्छ्रे हिमचुली, सेताम्मे हिमाल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, मनोरम पोखराका सुन्दर दृश्य आँखा अगाडि एकैसाथ केवलकारका माध्यम देख्न पाउनु नै यसको विशेषता हो । पर्यटकका लागि समय व्यवस्थापन आजको आवश्यकता पनि हो । मोटरबाटो बाट छोटो समयमा पोखराको सबै पर्यटकीय क्षेत्र अवलोकन गर्न सम्भव छैन । यसका लागि दुई वा तीन दिनको बसाई आवश्यक छ । केवलकारको स्थापनासँगै पर्यटकका लागि समय समेत व्यवस्थापन गर्न सक्ने आधार हामीले खडा गरेका छौं । आर्थिक बजार राष्ट्रिय मासिकबाट साभार गरिएको

 

5265
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका