जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • विद्धान अर्थमन्त्रीले सम्हालेको अर्थमन्त्रालय

विद्धान अर्थमन्त्रीले सम्हालेको अर्थमन्त्रालय

नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) ले दुई तिहाई जनमत प्राप्त गरेपछि गठन भएको सरकारमा अर्थमन्त्रीका रुपमा डा युवराज खतिवडा नियुक्त भए । अर्थतन्त्र पनि बुझेको, नेपाल राष्ट्र बैंकमा गर्भनर पनि रहेको, राष्ट्रिय योजना आयोगको उपाध्यक्ष समेत रहेको व्यक्तिले अर्थमन्त्रालयमा सम्हाल्दा धेरैले अपेक्षा गरेका थिए , उनले देश र जनताको पक्षमा प्रभावकारी काम गर्लान् ।

अर्थमन्त्री डा खतिवडाको पदबहालीसँगै आाम नेपाली जनता, समग्र उद्योगी तथा व्यवसायीको हितमा काम गर्लान्, देशको आर्थिक व्यवस्था र अर्थतन्त्रले गति लेला भन्ने पूर्ण अपेक्षा रहेको थियो । विद्धान अर्थमन्त्रीले सम्हालेको अर्थमन्त्रालयको कार्यप्रगति पनि राम्रै होला र रहला भन्ने अपेक्षा पनि थियो । तर, अर्थमन्त्रीका रुपमा डा खतिवडा कति सफल रहे वा रहेनन् भन्ने कुराको मापन स्वयम् प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको विवरणले स्पष्ट पारेको छ ।

राजनीतिक आँखाले त, दोषी देख्ला । आलोचना गर्ने आलोचना गरे भन्ने होला , तर प्रमाण र तथ्यहरु भन्छन् कार्यसम्पादनमा अर्थमन्त्री डा खतिवडा कार्यसम्पादनका हिसाबले असाध्यै कमजोर देखिएका छन् । यो नागरिक तहबाट लगाइएको आरोप होइन, स्वयम् प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको विवरण हो ।

चालु आर्थिक वर्षको ४ महिनाको विवरण हेर्दा अर्थमन्त्री डा खतिवडाले कूल १०० नम्बरमा मात्रै १९. ९ अङ्क प्राप्त गरेका छन् । सामान्यता उत्र्तीण हुनका लागि ४० नम्बर अनिवार्य नै हुन्छ । तर खतिवडाले करिब २० अंक कम पाएका छन् । यसका कारण उनी कार्यसम्पादनमा असफल देखिएका हुन् । उद्योगी व्यवसायी , आम नागरिकले त करको भार थोपरेको आरोल डा खतिवडामाथि लगाएकै छन् । तर राज्यको ढुकुटी सञ्चालन गर्ने जिम्मेवारी पाएका अर्थमन्त्रीले राम्रो काम गर्लान् भन्ने अपेक्षा विपरित आफैले तय गरेको लक्ष्य समेत पूरा गर्न सकेका छैनन् ।

कमजोर कार्यसम्पादन भएका मध्ये श्रम तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव त पदबाट हटिसकेका छन् । विष्टको मात्रै ५.७ प्रतिशत प्रगति देखिन्थ्यो भने मातृकाको मात्रै १२ प्रतिशत रहेको छ । यस आधारमा उनीहरु पनि आफ्नो जिम्मेवारीमा शतप्रतिशत असफल भएको देखिन्छ । अर्काे कमजोर कार्यसम्पादनमा रहेकी खानेपानी मन्त्री बिना मगर भने पदमा नै छिन् । उनले मात्रै १७.२ प्रतिशत सफलता हासिल गरेकी छिन् । आफैले तय गरेको लक्ष्य समेत पूरा गर्न नसक्नेमा अर्थमन्त्रीलगायतका मन्त्रीको नाम आएको छ ।

तर, उनले आफूले अर्थतन्त्र सुधार गरेको आयात घटाएको, निर्यात बढाएको तथ्यांक देखाएर बसेका छन् । आफैले तय गरेको लक्ष्य समेत पूरा नगर्ने अर्थमन्त्री प्रति आम नागरिकको धारणा त नकारात्मक छँदै छ त्यो भन्दा बढी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तयार पारेको विवरणमा नै उनी असफल रहेको स्पष्ट देखिन्छ ।

6005
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका