जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • एशियन लाइफको नाफामा उच्च सुधार

एशियन लाइफको नाफामा  उच्च सुधार

शिखर इन्स्योरेन्स १ करोड रुपैयाँभन्दा बढीको कोरोनाभाइरस बीमाशुल्क संकलन गर्ने पहिलो कम्पनी भएको छ । २०७७ जेठ २ गतेसम्म इन्स्योरेन्सले १ करोड १० लाख रुपैयाँभन्दा बढीको कोरोना भाइरस बीमाशुल्क संकलन गरेको छ ।

कम्पनीले सो अवधिमा करिब १ हजार ८ सय कोरोेना भाइरस बीमालेख जारी गरी सो मात्राको बीमाशुल्क संकलन गरेको हो ।

शिखर इन्योरेन्सबाट हालसम्म २० हजार बढी व्यक्तिले कोरोना भाइरस बीमा गराएका छन् । नेपालको अग्रणी बीमा कम्पनीको रुपमा रहेको शिखर इन्स्योरेन्सको कोरोना भाइरस बीमालेख संख्यामा २७ प्रतिशतको बजार हिस्सा रहेको छ ।

डिजिटल इन्स्योरेन्समा पनि शिखर इन्स्योरेन्स अग्रणी स्थानमा रहेको छ । २०७७ जेठ २ गतेसम्ममा जारी कुल मध्ये करिब ५०० बीमाको लागि अनलाईनबाट प्रस्ताव फाराम प्राप्त भएको छ ।

शिखर इन्स्योरेन्सको नेपालभरीको शाखाहरुबाट कोरोनाभाइरस बीमा प्राप्त गर्न सकिन्छ । कम्पनीका अनुसार हालसम्म ५० भन्दा बढी जिल्लाका बासिन्दाहरुले शिखर इन्स्योरेन्सबाट कोरोनाभाइरस बीमा गराएका छन् ।

7950
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका