जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • विष्णु पौडेल अर्थमन्त्री बन्दै

विष्णु पौडेल अर्थमन्त्री बन्दै

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री बन्ने भएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा भएको छलफलबाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएसँगै नयाँ गठबन्धन बनेको छ । प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले, माओवादीसहित राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा, राप्रपा र जनमुक्ति पार्टीका सांसदहरु शितलनिवास जाँदै छन् ।

प्रचण्डलाई आजै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गर्नेछिन् ।

स्रोतका अनुसार प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रचण्डले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्नेछन् । कम्तीमा गृह र अर्थमन्त्री आजै नियुक्त गर्ने जनाइएको छ । अर्थमन्त्रीमा एमालेले उपाध्यक्ष विष्णु पौडेलको नाम पठाउने एमाले स्रोतले बताएको छ ।

2310
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका