जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१

बैंक / वित्त

मेगालाई बैंक अफ दि इयर

मेगालाई बैंक अफ दि इयर

नेपालको तेस्रो ठूलो चुक्ता पुँजी भएको मेगा बैंक नेपाल लिमिटेडले २०१९का लागि बैंक अफ लि इएर अवार्ड हात पारेको छ । ठूला बैंक नविल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एनआईसी एसिया बैंक, ग्लोबल आईएमई बैंकले यस अगाडी नै यो अवार्ड प्राप्ट गरेका छन् ।

बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्स्ले प्रकाशित गर्ने पत्रिका “दि बैंकर” ले सन् २०१९ का लागि अन्तर्रा्ष्ट्रियस्तरमै प्रतिष्ठित ‘बैंक अफ दि एयर २०१९, नेपाल’ बाट मेगा बैंकलाई सम्मान गरेको बैंकले विज्ञप्ती मार्फत जनाएको छ ।
“दि बैंकर” ले विश्वभरका १२० भन्दा बढी राष्ट्रहरुका १ हजार भन्दा बढी बैंकहरु मध्ये हरेक राष्ट्रबाट एउटा उत्कृष्ट बैंकको छनौट गरी बैंक अफ दि इयर पुरस्कारबाट वर्षै्पिच्छे सम्मानित गर्ने गरेको देखिन्छ । यसै सिलसीलामा यो पटक मेगा बैंक नेपाल लिमिटेडले पाएको हो ।

मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले नौ वर्षको छोटो अवधिमै गुणस्तरीय बैंकिङ सेवा तथा सुविधाहरु प्रदान गरेर प्रतिस्पर्धाको अग्रपङ्क्तिमा रहन सफल भएकै कारण मेगा बैंकले ‘बैंक अफ दि एयर, २०१९’ को उपाधि पाएको दाबी गरेकि छिन् ।

मेगा बैंकले यस अघि पनि अन्तर्रा्ष्ट्रिय मापदण्ड बमोजिमको गुणस्तरीय व्यवस्थापन प्रणाली अनुसरण गरेवापत ‘आईएसओ ९००१ः२०१५’ प्रमाणपत्र समेत प्राप्त गरेको बैंकले जारी गरेको बिज्ञप्ती जनाईएको छ ।

7745
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका