जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • विष्णु पौडेलले फेरे दुवै सचिव, तोयम राया अर्थमा, रामप्रसाद घिमिरे राजस्व सचिव

विष्णु पौडेलले फेरे दुवै सचिव, तोयम राया अर्थमा, रामप्रसाद घिमिरे राजस्व सचिव

सरकारले अर्थमन्त्रालयको दुबै सचिव परिवर्तन गरेको छ। सरकारले अर्थसचिवमा तोयम राय र राजस्व सचिवमा रामप्रसाद घिमिरेलाई ल्याएको हो।

राय वाणिज्य मन्त्रालयमा थिए भने घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सचिव थिए। राय अर्थमन्त्रालयकै क्याडर हुन्। उनी भन्सार र राजस्व प्रशासनमा बसेर काम गरिसकेका छन्। त्यही अनुभव देखेर उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थसचिव बनाएका हुन्।

अघिल्ला अर्थमन्त्री जनार्दन शर्माले अर्थ र राजस्व प्रशासनका बारेमा कुनै ज्ञान नभएका कृष्णहरि पुष्करलाई राजस्व हुँदै अर्थसचिव बनाएका थिए। उनी अर्थ र राजस्व प्रशासनका बारेमा ज्ञान थिएन। शर्माले एसम्यानका रुपमा पुष्करलाई राजस्व सचिवमा ल्याएका थिए।

बजेट निर्माणमा वाहिरी व्यक्ति सामेल गराएको विषयमा संसदीय छानविन समितिको बयानको क्रममा पुष्करले अर्थमन्त्री शर्माको बचाउ गरेपछि अर्थसचिवमा बढुवा गरिएको थियो। अर्थसचिवमा पुरस्कृत भएपछि पुष्करले शर्माको आदेश धमाधम सदर गर्न थाले। अर्थमन्त्रालयको प्रणाली भत्काउन उनले साथ थिए। अर्थतन्त्र संकटमा परेर समाधानका लागि सुझाब लिएर जाँदा पनि अर्थसचिवको रुपमा पुष्करले कुनै भूमिका खेल्न सकेनन्।

उल्टै पुष्करले अर्थमन्त्री शर्माले ल्याएका गैरव्यवसायिक विषयलाई सदर गरिदिए। त्यति मात्रै होइन अर्थमन्त्री र गभर्नरबीचको असमझदारीमा समेत पुष्करको भूमिका सकारात्मक भएन। राजस्व प्रशासनमा ज्ञान नै केही व्यक्तिलाई नेतृत्व दिइयो जसका कारण राजस्वमा ठूलो भ्वाङ परेको छ। यी सबै देखेका अर्थमन्त्री पौडेलले मन्त्रालय सम्हाल्ने वित्तिकै सचिव फेर्ने जनाउ दिइसकेका थिए। उनले कार्यभार सम्हालेकै दिन विगतकोजस्तो नरम भएर कर्मचारीप्रति प्रस्तुत नहुने बताएका थिए।

पहिलो र दोस्रो कार्यकालमा आफू निकै नरम भएको र अब भने नरम नहुने कर्मचारी समक्ष बताएका थिए।

कर्मचारीले गर्न नहुने कामलाई स्पष्ट गर्न नहुने भन्न सक्ने सुविधा भएको बताउँदै सबैभन्दा ठूलो विषय अर्थ मन्त्रालयको गोप्य कोठामा कुनै काम नहुने प्रतिबद्धता पेश गरे।

उनले भनेका थिए -‘म कर्मचारीलाई गलत काम गर भनेर भन्दिन। अर्थमन्त्रालयको मन्त्रीको टेबल पुग्ने फाइल लुकाउनु पर्ने कुनै कारण हुँदैन। टुँडिखेलमै बसेर काम गर्न सक्ने हुनुपर्छ।’ यस्तै राजस्व सचिवको रुपमा शर्माले ल्याएका रामेश्वर दंगालसँग राजस्वको ज्ञान थियो। तर अर्थमन्त्री शर्माले गर्ने निर्णयमा असहमति जनाउन सक्ने ल्याकत थिएन। त्यही भएर पनि दंगाललाई पौडेलले सरुवा गरेका हुन्। अर्थमन्त्री स्रोतका अनुसार अर्थमन्त्रालय अन्तर्गतका अरु विभागमा पनि सरुवा हुनेछ। राजस्वमा ज्ञान भएका र राम्रो छबि भएकालाई परिवर्तन नगरि अरुलाई भने सरुवा गरिने स्रोतले बतायो।

1645
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?